१ भदौ, काठमाडौँ :बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीले डल्लुको भिआइपी आवास क्षेत्र नजिकै घाँटी काटेर घाइते भएकी एक युवती फेला पार्यो ।बोल्नसक्ने अवस्थामा नरहेकी युवतीलाई प्रहरीले उपचारका लागि तत्काल वीर अस्पताल पुर्यायो । तै पनि ज्यान जोगिएन । नाम, थर , वतन केही खुल्न नसकेकी युवतीबारे अनुसन्धानमा खटिएको प्रहरी टोलीले घटनाको करिव ३० घन्टापछि रमेश महर्जनलाई पक्राउ गर्यो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्कीका अनुसार मंगोलियन मुहारकी युवतीको साथबाट उनको पहिचान हुने कुनै सामग्री फेला नपरेपनि प्रहरीले घटनास्थल नजिकैको एक घरको सिसिटिभी क्यामराको फुटेजमा युवती घाइते हुनु अगाडिको दृश्य फेला पारेको थियो ।
पर्वत, भाद्र १ - काम गर्न आएकी धादिङ, धार्केकी १५ वर्षीया किशोरी पर्वत, बेनीस्थित शान्ति सेवा होटलमा पटकपटक बलात्कृत भएकी छन्।होटल सञ्चालकका दुई भाइ र अरूबाट समेत बलात्कृत भएपछि विक्षिप्त उनलाई धाइरिङको मिलनचोकबाट बेवारिसे अवस्थामा उद्धार गरी उपचारका लागि पर्वत अस्पताल भर्ना गरिएको छ।
मानसिक र शारीरिक रूपमा कमजोर उनको प्रहरी संरक्षणमा उपचार भइरहेको छ। प्रहरीले होटल सञ्चालक र घटनामा संलग्न केहीलाई पक्राउ गरेको छ।सौतेनी आमाले काममा लगाइदिन भन्दै काठमाडौंदेखि म्याग्दी सदरमुकाम बेनीसम्म चल्ने एक बसका सहचालकको जिम्मा लगाएर पठाएकी थिइन्। पठाएकै दिनदेखि किशोरी चरम यौन दुव्र्यवहारमा परेको प्रहरीले जनाएको छ।
प्रनाउ महेन्द्र श्रेष्ठका अनुसार किशोरी साउन १२ गते बेनीबजारमा भौंतारिएर हिँडेको देखेपछि ग्यारेजमा काम गर्ने अनिल शर्माले पर्वत बेनीस्थित शान्ति सेवा होटलमा लगेर छाडेका थिए। 'होटल सञ्चालक कमला भण्डारीका भाइ पर्ने गणेश भण्डारी र सुजन भण्डारीले आफूमाथि बलात्कार गरेको किशोरीले जनाएकी छन्। 'अन्य संलग्नको पनि खोजी भइरहेको छ,' श्रेष्ठले भने, 'किशोरीको अवस्था नाजुक भएकाले उपचारसँगै घटना अनुसन्धान गरिरहेका छौं।' कमला बाहिर गएको मौकामा एसएलसी पूरक परीक्षा दिन बसेका भण्डारीद्वयले किशोरीमाथि यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ।
गत मंगलबार धाइरिङको मिलनचोकमा बेवारिस र अशक्त रूपमा भेटिएकी किशोरीलाई प्रहरीले उद्धार गरी जिल्ला प्रहरीमा ल्याएको थियो। यौन दुव्र्यवहारमा परेको शंका लागेर महिला प्रहरीले सोधपुछ गर्ने क्रममा घटना उजागर भएको थियो। उनको पर्वत अस्पतालमा उपचार भइरहेको छ।
'उपचारपछि उनको संरक्षणको पहल भइरहेको छ,' श्रेष्ठले भने, 'सौतेनी आमा ल्याएपछि थप जानकारी हुनेछ।' ७ कक्षामा पढ्दै गरेकी किशोरीलाई पठाउने सौतेनी आमालाई समेत पक्राउ गर्न धादिङ प्रहरीलाई लेखिपठाएको श्रेष्ठले बताए। प्रहरीले कमला, गणेश, सुजन र अनिललाई पक्राउ गरेको छ।
0 comments:
Post a Comment