728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Friday, August 29, 2014

    सिरियामा तैनाथ ४३ जना शान्ति सेना हतियारधारी समूहको कब्जामा

    काठमाडौं, भाद्र १३ । सिरियामा हतियारधारी समूहले त्यहाँको सुरक्षार्थ तैनाथ संयुक्त राष्ट्रसंघका ४३ जना शान्ति सेनालाई बन्धक बनाएको छ । बन्धक बनाउने समूहको पहिचान भने हुन सकेको छैन ।

    सिरियाको गोलन हाइट्स पहाडी इलाकामा सुरक्षार्थ खटिएका सैनिकहरुलाई सरकारी सेना र विद्रोहीबीचको लडाइँकाबीच सोही स्थानमा बन्धक बनाइएको संयुक्त राष्ट्रसंघका प्रवक्ताले जनाएका छन् ।



    संयुक्त राष्ट्रसंघले बन्धक बनाइएकाहरुलाई छुटाउन भरमग्दुर प्रयास जारी राखिएको जनाएको छ । गत वर्ष पनि बन्दक बनाइएका केही शान्ति सेनालाई लामो प्रयासपछि मुक्त गराइएको थियो । (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सिरियामा तैनाथ ४३ जना शान्ति सेना हतियारधारी समूहको कब्जामा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top