दुई ब्रिटिश आतकंवादी फरार, दुई पाकिस्तानी भारतीय जेलमा
हेर्नुहोस् समाचार नेपाली कारागारमा पाकिस्तानी नाइके
नेपालमा पक्राउ परेका आतंकवादी भारतलाई बुझाउने सिलसिला
काठमाडौ भदौ १३ – १५ वर्षपछि पुनः नेपालको एयरपोर्टबाट भारतीय विमान अपहरण गरी भारतीय जेलमा रहेका आफ्ना साथी छोडाउने पाकिस्तानी आतंकवादीको योजना नेपाल प्रहरीले असफल बनाएको छ । पाकिस्तानी आतंकवादीले भारतीय विमान अपहरण गर्ने योजना बनाएको थाहा पाएर नेपाल सरकारले विमानस्थल लगायत राजधानीको सुरक्षा पनि कडा बनाएको छ । इण्डियन मुजाहिदीन र तालिवानी आतंकवादीले नेपालबाट भारतीय विमान अपहरण गर्ने योजना बनाएको थियो । त्यसका लागि ती
आतकंवादी संस्थाले नेपालमा दुई पटक प्रयास गरिसकेका थिए । नेपाल आएर उनीहरुले त्रिभुवन विमानस्थलको सुरक्षा रेंकी समेत गरिसकेका थिए ।त्यहाँको सुरक्षा अवस्था कस्तो छ, त्यसको नक्सा समेत बनाई सकेका थिए तर योजना पूरा नहुँदै उनीहरु नेपालमा समातिर अहिले भारतको जेलमा छन् । भारतीय जेलमा रहेका आफ्ना संगठनका व्यक्तिलाई छोडाउन नेपालबाट विमान अपहरण गर्ने योजना विफल भएपछि भारतका मुख्य शहर (दिल्ली, मद्रास, मुम्बई, कलकत्तालगायत) मा शृङ्खलाबद्ध बम विस्फोट गराउने योजना उनीहरुको थियो । त्यसका लागि नेपालमा रहेका भारतीय दुतावासलाई पनि निशाना बनाएको थियो । नेपाल प्रहरीका स्रोतका अनुसार विमान अपहरण गर्ने योजना बनाउनका लागि दुई महिनाअघि बेलायतको बाटो भएर काविल सिंह र जसजिंत सिह गरी दुई जना आतकंवादी नेपाल आएका थिए । उनीहरु १५ दिनसम्म यहाँका एक फाइभ स्टार होटलमा हाईप्रोफाइल स्तरमा बसेर पूरै योजना बनाएका थिए ।
इण्डिन मुजाहिदीन संगठनका नेपाल प्रतिनिधिको सहयोगमा त्रिभुवन विमानस्थलदेखि लिएर राजधानीका पुरै सुरक्षा अवस्थाको जायजा (जानकारी) लिएका थिए, उनीहरु । प्रहरी स्रोतले भन्यो, ‘पासपोर्ट उनीहरुको ब्रिटिस भए पनि नामले उनीहरु व्रिटिस थिएनन् । नेपाल आउनलाई आउन त्यहाँको पासपार्ट प्रयोग गरेको मात्र देखिएको छ । कविल सिंहको पासपार्ट नम्बर ४५७०६३०१० रहेको छ ।’ उनीहरु सम्पूर्ण जानकारी संकलन गरेर नेपालबाट फिर्की सकेका छन् । काविल र जसजित फर्केलगत्तै पाकिस्तानबाट वासिम अफजल र लुकमान अहमद नेपाल आए । नेपाल आउने वित्तिकै पहिलो उनीहरुले पाकिस्तान पासपोर्ट नष्ट गर्ने काम गरे । र, सो पासपोर्ट नष्ट गर्नमा सहयोग पुर्याएका थिए, अध्यागमन विभागका एक कर्मचारीले ।
उनीहरुलाई पनि १५ दिनसम्म लुकाएर राख्ने काम अध्यागमनकै एक कर्मचारीबाट भएको स्रोतको दावी छ । त्यसक्रममा उनीहरु वीरगञ्ज पनि गए । त्यहाँको जेलमा पाकिस्तानी सेनाको पूर्व कर्मचारी शेखर सौफ अहमद नक्कली भारुको कारोवारमा समातिएर त्यहाँ थुनिएर राखिएको छ । अहमद पाकिस्तानी भएपनि उनी अहिले कैदीको मुखिया भएका छन् । विमान अपहरणकै योजना मुताविक अहमदलाई केन्द्रीय कारागार महाशाखाका एकजना तत्कालिन महानिर्देशकले सात लाख रुपियाँ लिएर नख्खु जेलबाट वीरगञ्ज कारागार सारिएको थियो ।
हेर्नुहोस् समाचार नेपाली कारागारमा पाकिस्तानी नाइके
पूरै योजना तयार गरेर अब अन्तिम रुप दिने भन्दै ग्वाटोमालको पासपार्ट बोकेर हङ्गकङ हुँदै फ्रान्स जान लागेका वासिम र लुकमान बाटैबाट समातिए । हङकङको एयरपोर्टमा पासपोर्ट चेक गर्दा ग्वाटोमालको पासपार्ट नक्कली रहेको फेला पर्यो । अनि त्यहाँका सुरक्षाकर्मीले त्यहाँबाट उनीहरुलाई नेपाल फर्काए । स्रोतले भन्यो, नेपाल फर्काउनु अघि नेपाल प्रहरीलाई हङकङबाट त्यो कुरा जानकारी गराएको कारणले ती दुवैजनालाई एयरपोर्टमै समातेर अध्यागमन विभागमा राख्यो ।
प्रहरी स्रोतका अनुसार पाकिस्तानी समातिएको थाहा पाएर सोही दिन पाकिस्तानी दुतावासका कर्मचारी अध्यागमन विभाग पुगेर ती दुई जनालाई छाड्न दवाव दिन थाले । यो खबर भारतीय दूतावासम्म पुग्यो । त्यसपछि भारतीय खुफिया एजेन्सी पनि सक्रिय भयो र पाकिस्तानीलाई नछाड्न दवाव दिन थाले अन्ततः भारत नै सफल भयो । अध्यागमन विभागबाट उनलाई हनुमानढोका प्रहरीमा थुनामा पठाए । यसको बारेमा अनुसन्धान गर्न समय लाग्ने भएकाले हनुमानढोकाबाट म्याद थप्नका लागि काठमाडौ जिल्ला अदालतमा पुर्याए । अदालतले अनुसन्धानका लागि सात दिनको म्याद थप्यो ।
त्यसपछिको अनुसन्धानमा नेपालको त्रिभुवन विमानस्थलबाट भारतीय हवाईजहाज अपहरण गर्ने योजनाको खुलासा भएको थियो । उनीहरुबाट नेपाल प्रहरीले सबै योजना फेला पार्नुको साथै भारतीय जेलमा रहेका उनीहरुका संगठन व्यक्तिको नाम पनि फेला परेको छ । प्रहरी स्रोतका अनुसार वसिम अफजलको पासपोर्ट नं. ३५५२३०८४ र लुकमान अहमदको पासपोर्ट नं. ४३२९७३८ रहेको छ । केरकारबाट उनीहरु पाकिस्तानी आतकंवादी भएको र जहाज अपहरण गर्ने योजनामा लागेको पुष्टि भएपछि भारतको झन चासो बढेर गयो र उनीहरुलाई कसरी नेपाल प्रहरीको हातबाट फुत्काउन सकिन्छ र आफ्नो कब्जामा लिन सकिन्छ भनि लागे । सात दिनको म्याद सकिएपछि उनलाई पुन जिल्ला अदालतमा पेस गरिएको थियो । हनुमानढोका स्रोतका अनुसार जिल्ला अदालतले पनि उनीहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ
। उनीहरुलाई देश निकाला गरेपछि बाहिर सादा पोसाकमा रहेका नेपाल प्रहरीले ती दुवै जनालाई समातेर भारतबाट आएका सुरक्षाकर्मीलाई गुपचुप जिम्मा लगाए । मोदीको भ्रमण हुन लागेका कारणले नेपाल प्रहरीले यो समाचारलाई गोप्य राखेको थियो । मोदी नेपाल भ्रमणमा आउनुभन्दा दुई तीनदिन अगाडि भारत सुरक्षाकर्मीले ती दुई आतंककारीलाई आफ्नो देश लगेर थप अनुसन्धान गरिरहेको बताइन्छ । यसबारेमा हनुमानढोका एसएसपी उत्तम कार्कीसँग बुझ्दा भने यो मुद्दा यहाँको होइन अध्यागमन विभागको हो त्यहीबाट जानकारी लिन भने । अध्यागमनका डिजीसँग सम्पर्क गर्दा खोज्दा वहाँसँग सम्पर्क हुनसकेन । त्यसपछि प्रहरीका प्रवक्ता गणेश केसीसँग कुराकानी गर्दा उनले पनि यस विषयमा अध्यागमनसँगै जानकारी लिन भने ।
नेपालमा पक्राउ परेका आतंकवादी भारतलाई बुझाउने सिलसिला
नेपाल लामो समयदेखि भारतविरोधी गतिविधि संचालन गर्नेहरुका लागि सुरक्षित स्थान बन्दै आएको छ । खुला सिमाना भएकोले भारत छिर्ने सजिलो बाटोमा नेपाल पर्छ । त्यही भएर उनीहरुले नेपाललाई आफ्नो अस्थायी बासस्थान बनाउँदै आएका छन् । विभिन्न कभरमा रहेर उनीहरुले भारतविरोधी गतिविधिहरु चलाउने गरेका छन् ।
उनीहरुलाई पक्राउ गर्न भारतको खुफिया एजेन्सी र नेपाल प्रहरीबीच समय समयमा सहकार्य हुने गरेको छ । यदी कोही आतंकवादी नेपालमा पक्राउ गरियो भने प्रायः त्यसालाई गुपचुप नै राखिन्छ र सुटुक्क भारतलाई बुझाइने गरिएको छ । त्यस्तै भारतमा पक्राउ परेका नेपाली अपराधीहरुलाई पनि भारतले नेपाल बुझाउने गरेको छ । यो सिलसिला धेरै पहिलेदेखि चल्दै आएको छ । तर, यसलाई गुप चुप राखिन्छ । तराईका सशस्त्र समूहका कार्यकर्ता तथा नेतालाई भारतले पक्राउ गरी नेपाल बुझाएको धेरै उदाहरणहरु छन् । यस सहकार्यको पछिल्लो उदाहरण भनेको सभासद् संजय शाह ।
उनलाई भारलतले पक्राउ गरेर नेपाल पठाएको थियो । तर उनलाई नेपालमा पक्राउ गरिएको समाचार प्रकाशित गरिएको थियो । प्रहरीले कसरी यस विषयलाई गुपचुप राख्छ भन्ने कुराको उदाहरण नेपालमा पक्राउ परेका आतंकवादी भारतीय मुजाहिदिनको यासिन भट्काल मुद्दालाई लिन सकिन्छ । उनलाई पोखराबाट पक्राउ गरे पनि त्यसलाई गुपचुप राखिएको थियो । भट्काल पोखराबाट पक्राउ परेका थिए र उनलाई भारतसमक्ष बुझाइएको थियो । तर, मिडियामा भने उनीहरुलाई नेपाल भारत सीमाबाट पक्राउ गरेको समाचार प्रकाशित गरिएको थियो, प्रहरीको बिफिङको आधारमा । कान्तिपुरको अनलाइनमा भट्काल नेपालबाट पक्राउ गरिएको समाचार प्रकाशित भएपनि त्यसलाई पछि हटाइएको थियो ।
0 comments:
Post a Comment