728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, August 31, 2014

    पाकिस्तानमा प्रहरी र प्रदर्शनकारी बीच झडप, तीनको मृत्यु ४ सय ४५ घाइते


    काठमाडौं, भाद्र १५ । पाकिस्तानमा प्रधानमन्त्री नवाज शरीफको राजीनामा माग्दै विपक्षीले गरेको प्रदर्शनमा झडप हुंदा तीन जनाको मृत्यु भएको छ । झडपमा ४ सय ७५ भन्दा बढी घाईते भएका छन् । घाईते हुनेमा ७५ जना प्रहरी पनि रहेको बताइएको छ ।

     प्रधानमन्त्री शरिफको निवास तर्फ जाने प्रयासमा रहेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोके पछि झडप शुरु भएको थियो । इस्लामावादका प्रहरी प्रमुखले सय जना प्रदर्शनकारी पक्राउ परेको जनाएका छन् । विपक्षी तहरीक ए इन्साफ पार्टीका नेता इमरान खान र धार्मिक गुरु ताहिरुल कादरीको अगुवाइृमा दुई हप्ता देखी सरकार विरोधी प्रदर्शनमा भैरहेको छ । 

    गत वर्ष सम्पन्न आमचुनावमा भएको धांधलीको छानबीन गर्न शरिफ चुकेको र सर्वसाधारणलाई राहत दिने कार्यमा असफल भएको विपक्षीको आरोप छ । प्रधानमन्त्री शरिफले भने आरोप अस्वीकार गर्नु भएको छ । इमरान खान र ताहिरुल कादरीले गत अगष्ट १४ मा लाहौरबाट इस्लामावाद सम्म स्वतन्त्रता मार्च गरि सरकार विरोध प्रदर्शन शुरु गरेका थिए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पाकिस्तानमा प्रहरी र प्रदर्शनकारी बीच झडप, तीनको मृत्यु ४ सय ४५ घाइते Rating: 5 Reviewed By: Unknown
    Scroll to Top