728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    ९८ लाखको क्राउन लिएर म्यान्मारकी ब्यूटी क्वीन फरार

     यंगून, मिस एशिया प्यासेफिकको उपाधी खोसिएपछि म्यान्मारकी पहिलो इन्टरनेशनल ब्यूटी क्वीन मेय मायट नोई एक लाख यूएस डलर (करीब ९८ लाख रूपैयाँ) को क्राउन लिएर फरार भएकी छन ।
    आयोजकहारूमा साथमा धोखाधडी र अशिष्ट व्यवहारको आरोपमा उनको यो उपाधि खोसिएको थियो । करीब पांच दशक सम्म सैन्य शासन र संसारबाटै भिन्न देश म्यान्मारले दुइ बर्ष अघि मात्र इन्टरनेशनल ब्यूटी कन्टेस्टमा भाग लिन शुरू गरेको थियो ।

     १८ वर्षीय मेय मायट नोई ले मे २०१४ मा सिओलमा भएको मिस एशिया प्यासेफिक वर्ल्डको उपाधी जितेकी थिइन । तर प्रतियोगिताका मिडिया निर्देशक डेभिड किमले बताए अनुसार मिस ब्यूटी क्वीन आफ्नो देश भागेकी छन र उनले फोन पनि स्विच अफ गरेकी छन ।
     म्यान्मारको अनलाइन न्यूज पेपर इलेभेन मिडियाका अनुसार, नोईले छिटै एक प्रेस कन्फ्रेन्स गर्ने भएकी छन । किमका अनुसार उनको सफलतालाइ हेर्दै हामीले उनका साथमा एक सिङ्गिङ र भिडियो कन्ट्रेक्ट गरेका थियौं । आयोजकहरूले उनको ब्रेस्ट सर्जरी पनि गराएका थिए । यो उनको जिम्मेवारी थियो । आयोजकहरूले दश हजार डलर उनीमाथि खर्च गरेका थिए ।

     किमले भने समस्या त्यतिबेला शुरू भयो जब उनी आफ्नी आमासंग १० दिने यात्रामा सिओल आएकी थिइन । तर उनीहरू ३ महिना बसे । आयोजकहरू माथि निकै आर्थिक दबाव आयो । नोईलाइ उनको उपाधी खोसिने कुराको जानकारी पनि दिइएको थियो । तर त्यसपछि उनले यंगून जाने हवाई टिकट माग गरिन तर टिकट आउनु अघिनै उनले दक्षिण कोरिया छोडिन । उनले १ लाख डलरको महंगो डाइमण्ड क्राउन पनि लिएर गइन । (एजेन्सी इनपुटका साथमा)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ९८ लाखको क्राउन लिएर म्यान्मारकी ब्यूटी क्वीन फरार Rating: 5 Reviewed By: Unknown
    Scroll to Top