728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, March 8, 2014

    ढुंगाको काप फोरेर निस्कियो पीपल

    काठमाडौं, फागुन २४ -
    मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन
    भागेर जाउ, कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुँदैन......
    अहिले धेरैका फेसबुकका भित्ता र ट्वीटर
    यही शव्दले भरिएका छन् । सबैले आ– आफ्नै
    तरिकाले यो गीतको बयान गरेका छन् ।
    कोहीले जिन्दगीसँग
    जोडिएको गीत भनेका छन । कोहीले
    बाल स्वरको प्रशंसा गरेका छन् । अझ धेरैले म्यूजिक भिडियोको खुलेर
    तारिफ गरेका छन् । तर गीतका गायक भने
    उतिसारो चर्चामा छैनन् । गीतमा रहेको स्वर हो,
    १३ वर्षका प्रेम परियारको ।
    धादिङ, मलेखुका प्रेम परियारले
    गाएको गीतको चर्चा बढ्दैछ । तर
    उनको वास्तविकता थोरैलाई थाहा छ । दुई तीन
    बर्षअघिसम्म धादिङ मलेखु बजारका होटल होटल चहारेर
    गीत गाउने बालक हुन् उनी ।
    त्यति बेला उनी नयाँ मान्छे
    कोहि देख्यो की गीत सुनाई हाल्थे
    । गायक बन्ने ठूलो सपना छ प्रेमभित्र ।
    पछिल्ला चार बर्ष प्रेमले स्कूल जाने र
    फुर्सदका बेला होटलमा आउने मान्छेलाई गीत सुनाएरै
    बिताए । कसैले दयाले गीत सुन्दिए, कसैलाई साँच्चै
    मन पर्यो ती बालकको प्रतिभा । प्रेम भन्छन् ‘स्कुल
    सकिएपछि मैले होटलमा गीत गाउथे र सुनाउथे ।’
    गीत गाएर कमाएको पैसा आमालाई दिन्थे
    उनी । कलिलो स्वरमा पाका र
    खारिएका कलाकारको गीत दुरुस्तै गाउने क्षमता छ
    प्रेमसँग । त्यो क्षमतालाई पुष्टि गरेको छ विकास
    आचार्यको चलचित्र ‘नाई नभन्नु ल – २’ को गीतले ।
    बाल मनोबिज्ञानमा आधारित चलचित्रका दुई गीतले
    प्रेमको उचाई बढाउँदै छ । गीतका रचनाकार डा.
    कृष्णहरि बराल उनको प्रतिभा देखेर दंग छन् । बराल भन्छन्
    ‘गीत रेकर्ड हुँदा म पनि स्टुडियोमा थिए,
    ओहो उनको खुवी ! म त छक्क परे । ’
    प्रेमको गलामा एउटा व्यवसायिक गायकमा हुनुपर्ने गुण
    देखेका बराल थप्छन ‘प्रेमले गीतमा न्याय मात्रै
    गरेका छैनन्,
    जीन्दगीजोडिएकोगीतमाबच्चाले
    यसरी गाए की मानौं ऊ आफैलाई
    परेको छ यो पीडा ।’ गीत
    गाउनुअघि गीतको भाव बताएका थिए प्रेमलाई
    गीतकार बरालले ।
    प्रेम परियार काठमाडौंमा संगीत सिक्दै र स्कूल पढ्दै
    छन् । होटेलमा गीत सुनाउने
    क्रममा भेटेका ललितपुरका शिशिर राणाले
    प्रेमको खुवी देखेर उनलाई काठमाडौं ल्याएका थिए ।
    राणाकै संरक्षणमा प्रेमले स्कूल र संगीतालयमा पढ्दै
    आएका छन् ।
    प्रेमका आमा, बुवाको गुजाराको मेलो सामान्य काम नै हो । आधुनिक,
    लोक र हिन्दी गीत गाउन पारङत
    प्रेम अहिले ललितपुरको एउटा संगीत सिकाउने
    संस्थामा संगीत सिक्दै छन् । नाइ नभन्नु ल – २
    का दुई गीत मध्ये
    एउटा गीतको संगीत गरेका हुन्
    बसन्त सापकोटाले ।
    यी आँखामा तिमी छौं,
    यो मनमा तिमी छौं ,
    देखाउन पो त गाहे, जीवनमा तिमी छौं
    तिमी भएर मात्रै,
    जीन्दगीमा मज्जा छ
    बरु सासले दिन्छ धोका, तिमीले दिन्न थाहा छ
    बिछट्टै राम्रो गाएका छन यो गीतलाई प्रेमले ।
    संगीतकार सापकोटाले शव्द उच्चारण, ‘फिलिङ्स’
    मेलोडी टिप्ने खुबीको खुलेर तारिफ गरे ।
    बसन्त सापकोटा भन्छन्‘ उनको स्वर ‘गड गिफ्ट’ हो, गाहे
    गीत पनि सजिलै गाउछन उनी ।’
    प्रेमले गाएको यो चलचित्रको गीतलाई युट्युवमा दश
    हजार भन्दा धेरैले हेरिसकेका छन् । त्यस्तै प्रेमले
    धादिङका गाडी र होटेलमा गाएका गीत
    युट्यूवमा एकलाख भन्दा धेरैले हेरिसकेका छन. ।
    २०६९ सालको पुस १३ गते उज्यालो ९० नेटवर्कले रंग
    दर्पणमा प्रेमको प्रतिभाबारे एउटा रिपोर्ट प्रस्तुत गरेको थियो ।
    त्यो रिपोर्ट बाल गायक प्रेमका बारेमा कुनै
    पनि मिडियामा आएको पहिलो सामग्री थियो ।
    प्रेमको प्रतिभाबारे संगीत गुरु अमृत
    क्षेत्रीले भने ‘लय र शव्द व्यवसायिक गायकले झैं
    तुरुन्त टिप्न सक्ने प्रेमको सवै
    भन्दा ठूलो खुवी हो ।’ नेपाली मात्रै
    होइन हिन्दी गीत पनि उत्तिकै
    राम्रोसँग गाउनु प्रेमको अर्को खुवी हो ।
    अव उनको उमेरका हिसावले स्वर फेरिने बेला भएको छ । त्यसैले
    ख्याल गर्नुपर्ने सुझाव दिन्छन् बसन्त सापकोटा । प्रेमको कला र
    गलाको प्रचार समाजिक सञ्जालमार्फत भैरहेको छ ।
    विदेशमा रहेका धेरै नेपालीले प्रेमलाई सहयोग
    गरेका छन । प्रेमले कतार, हङ्कङ, कोरिया, अष्ट्रेलियामा पुगेर
    आफ्नो प्रतिभा देखाइसकेका छन् ।
    अहिले नाम, दाम कमाएका गायक रामकृष्ण
    ढकालको सांगीतिक यात्रा, प्रेम परियारको भन्दा खासै
    फरक छैन । रामकृष्ण ढकाललाई यस्तै गरि गीत
    गाउने समयमा नारायण गोपालसँग दाँजेका थिए धेरैले । अहिले प्रेम
    परियारलाई उनै रामकृष्ण ढकालसँग तुलना गर्न थालेका छन् । प्रेमले
    गाएका गीतले यति चाँडै चर्चा कमाउनु भनेको हुने
    बिरुवाको चिल्लो पात भने जस्तै हो । भनिन्छ ढुंगाको काप फोरेर
    पनि निस्कन्छ पीपल ।
    त्यही उक्ति मिल्दैछ प्रेम परियारसँग ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ढुंगाको काप फोरेर निस्कियो पीपल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top