728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, March 12, 2014

    आजको पनचाङ्ग र राशिफल

    आजको पञ्चाङ्ग

    वि.सं. २०७० फाल्गुन २९ गते बिहीबार तदनुसार ईश्वीसन् २०१४ मार्च १३ तारिख, नेपाल संवत् : ११३४, (चिल्लाथ्व)
    आज गोविन्द द्वादशी,
    चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त),

    काठमाण्डौं, नेपालमा सूर्योदय : ०६:१८:०४ बजे र सूर्यास्त : ०६:१०:४२ बजे,
    इटहरी, सुनसरी, नेपालमा सूर्योदय : ०६:१०:०० बजे र सूर्यास्त : ०६:०३:०६ बजे,

    फाल्गुन शुक्लपक्षको द्वादशी तिथि, साँझ ५ बजेर ३६ मिनेटसम्म, त्यसपछि त्रयोदशी तिथि,
    अश्लेषा नक्षत्र भोलि बिहान ८ बजेर ११ मिनेटसम्म, त्यसपछि मघा नक्षत्र,
    अतिगण्ड योग दिउँसो ३ बजेर ०३ मिनेटसम्म, त्यसपछि सुकर्मा योग,
    बालब करण साँझ ५ बजेर ३६ मिनेटसम्म त्यसपछि कौलव करण,

    राहुकाल दिउँसो १ बजेर ३६ मिनेटदेखि ३ बजेर ०५ मिनेटसम्म,
    काल बारबेला दिउँसो ३ बजेर ०५ मिनेटदेखि ४ बजेर ३४ मिनेटसम्म,
    रोग बारबेला बिहान ७ बजेर ३९ मिनेटदेखि ९ बजेर ०८ मिनेटसम्म ।


    आजको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
    आज अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ। गुप्त र मानसिक रोगले सताउन सक्छ। अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन्। काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ। सचेत हुनु आवश्यक छ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ। सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ। सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ। साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ। भेटघाट र घुमघामको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
    राम्रो समयको योग छ। गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ। परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ। धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ। विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
    नयाँ कामको लागि नयाँ अवसर आउनेछ। निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ। शुभ समाचार प्राप्त हुने योग छ। मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ। दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन्। आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिने छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ। हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ। स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना भएकाले आहारविहारमा विशेष ध्यान दिनु बेस हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ। आज दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ। आम्दानीमा कमी आउने छैन। व्यावहारिक र सामाजिक जिम्मेबारी थपिनेछ। समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
    आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले आज तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर श्रमिक, पशुपालक र कृषकले आज अलि बढी थाकेको अनुभूति गर्नेछन्। बेलुकाको वास वा खानपीन घरपरिवारभन्दा बाहिर हुने सम्भावना समेत छ। अध्ययन, अध्यापन र लेखनमा अभिरुचि हुनेछैन।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
    सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। ठूलाबडाले सहयोग गर्नेछन्। शुभ कुराको सङ्केत मिल्नेछ। यात्राको समय छ। लामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
    प्रतिकूल समय चल्दैछ। प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ। प्रेम सम्बन्धमा तिक्तता आउने योग छ। तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ। आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। लामो दूरीको यात्रा हानीकारक बन्नसक्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ। विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ। सन्तानपक्षको राम्रो माया मिल्नेछ। समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ। हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन्। झिनामसिना र सानातिना कामका लागि पनि निक्कै खट्नु पर्छ। कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक हुनु पर्नेछ। आजको तपाईंको निर्णय क्षमताको भने प्रशंसा हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
    आज शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ। मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन्। बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: आजको पनचाङ्ग र राशिफल Rating: 5 Reviewed By: Unknown
    Scroll to Top