728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Sunday, March 9, 2014

    नेपालमा एचआइभी संक्रमण दर घट्दो

    काठमाडौ, फागुन २५ –
    नेपालमा एचआइभी एड्सको संक्रमण दर
    घटेको पाइएको छ ।
    नेपालका विभिन्न जोखिम समूहमध्ये
    सबैभन्दा बढी लागु पदार्थ
    प्रयोगकर्तामा एचआइभी एड्सको संक्रमण दर
    घटेको अन्तराष्ट्रिय गैर सरकारी संस्था सेभ द
    चिल्ड्रेनले सार्वजनिक गरेको एक अध्ययनमा उल्लेख छ ।
    सेभ द चिल्ड्रेनका सल्लाहकार आशिष सिनालका अनुसार पहिले
    लागु पदार्थ प्रयोग कर्तामा ६८ प्रतिशत संक्रमण दर
    रहेकोमा अहिले घटेर मात्र ६ प्रतिशत छ । त्यस्तै
    प्रवासी नेपाली,
    समलिङ्गी तथा तेस्रो लिङ्गीमा संक्रमण
    दर घटेपनि संक्रमणको जोखिम भने रहेको सिनालले बताउनुभयो ।
    भारतमा रोजगारीका लागि जाने भएकाले क्षेत्रगत
    हिसाबले सुदुरपश्चिम क्षेत्र अझै
    संक्रमणको जोखिममा रहेको छ ।
    नेपालमा एचआईभी एड्सको अवस्था बुझ्न १ सय
    ५० जना विदेशी नागरिक अहिले नेपालमा छन् ।
    यसैबीच सेभ द चिल्ड्रेनले
    सरकारसंगको सहकार्यमा बालबालिका सामाजिक सुरक्षा कार्यक्रम
    संचालन गर्ने भएको छ । बालबालिको स्वास्थ्य, शिक्षा, पोषण
    लगायतका क्षेत्रमा काम गर्ने सिनालले बताउनुभयो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालमा एचआइभी संक्रमण दर घट्दो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top