728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, March 3, 2014

    महिनावारी भएको बेला छाउगोठमा

    कालीकोट, १४ फागुन । यहाँका ९० प्रतिशत महिला अझै महिनावारी भएको बेला छाउगोठमा बस्ने गरेको एक अध्ययनले देखाएको छ । युनिसेफको सहयोगमा जिविसले गरेको अध्ययनमा महिनावारी भएको बेला घरमा बस्दा देउता लाग्ने र परिवार बिरामी पर्ने अन्धविश्वासले उनीहरू पाँच दिनसम्म छाउगोठमा बस्ने गरेका छन् । ग्रामीण भेकमा बस्ने यहाँका शिक्षित भनिएका मानिस, स्वास्थ्य स्वम्सेविका र शिक्षिकासमेत छाउगोठमा बस्न जाने गरेको अध्ययनमा संलग्न महिला तथा बालबालिका कार्यालयका निमित्त प्रमुख सम्झना अधिकारीले बताउनुभयो ।पहिलो पटक महिनावारी हुँदा किशोरीले आमाबुबालाई मुख देखाउनु हँुदैन भन्ने अन्धविश्वासले महिनावारीका पाँच दिनसम्म घर बाहिर लुकेर बस्ने चलन रहेको महिला नेत्री कृष्णकला शाहीले बताउनुभयो महिनावारी भएको बेला दूध, दही, घिउ खान नदिने र घरमा बस्न नदिने चलन छ । शाहीले भन्नुभयो, “देवीदेउताको मन्दिर भएका घरमा अझ कडाइ हुन्छ ।” ग्रामीण बस्तीका महिला महिनावारी भएको बेला बलात्कारको सिकार हुने गरेको महिला मानवअधिकार रक्षक सञ्जाल कालिकोटका अध्यक्ष छाया सुनारले बताउनुभयो । दुई वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयमा आएका जबर्जस्ती करणीसम्बन्धी आएका सातमध्ये चार मुद्दा महिनावारी बार्न गोठमा बस्दा महिला पीडित बनेकोबारे छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: महिनावारी भएको बेला छाउगोठमा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top