728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, March 6, 2014

    स्वर्ग जाने खुड्किलो

    (एजेन्सी)– द्वन्द्वले वातावरणलाई पार्ने असर जहिले अप्रिय हुन्छ । यसले वातावरणमा भएको भवन र मूर्तिको सुन्दरतालाई निकै निर्ममतापूर्वक हत्या गर्ने गर्दछ । तर, द्वन्द्वपछि फालिएका यस्ता सुन्दरताहरु वकहिलेकाँही यसको प्राकृतिक सुन्दरताका कारण मानिसहरुको मन मस्तिष्कमा बस्ने गर्दछन् । यस्तैमा हवाईको ३,९२२ वडा सिँडीको भ¥याङ, जसलाई स्वर्गको भ¥याङ पनि भन्ने गरिन्छ, पृथ्वीको एक अनुपम सौन्दर्यको रुपमा रहेको छ । यसको पहिलो खुड्किलो ओवाहु आइल्यान्डको कानियोहे नजिक हाइकु गाउँबाट सुरु हुन्छ र ३० डिग्री एंगलमा २,८०० वटा सिँडी चढ्नुपर्ने हुन्छ । एउटा उपत्यकाबाट अर्को उपत्यकामा डोरीको एन्टिना केबल राख्ने मनसायका साथ यसको पहिलो सिँढी काठको प्रयोग गरेर दोस्रो विश्व युद्ध ताका बनाइएको हो । जसका कारण समुन्द्रि सतहभन्दा २,८०० फिट माथी बसेका हाइकु भ्याली नभल रेडियो स्टेशनका व्यक्तिहरुले टोकियो बे मा रहेका अमेरिकी न्याभि सबमरिन्सहरुसँग कुराकानी गर्ने गर्दथे । सन् १९५० मा उक्त भरयाङलाई स्टिलको प्रयोग गरेर पुर्ननिर्माण गरियो र युनाइटेड स्टेट्स कोष्ट गार्डको ओमेगा न्याभिगेसन सिस्टम स्टेसनको गतिविधिहरु थाहा पाउनका लागि त्यो भरयाङलाई बढाइयो । ३,९२२ वटा भरयाङ लाई १८ इन्चको ठूला खुड्किलो जहाजको भ¥याङबाट बनाइयो र सातवटा त्यस्ता भरयाङहरु एकआपसमा निकै सावधानीका साथ जोडियो र त्यसलाई जोखिमपूर्ण पहाडमा झुन्ड्याइयो । यो भरयाङको खुड्किला चढ्न अनुभवी हाइकर्सहरुलाई सजिलै होला तर एड्भेन्चरर्स भन्छन् भ¥याङ चढ्दै माथि पुग्नु निकै गाह्रो काम हो किनभने तपाईंहरुले एकै समयमा बाक्लो र झ्याम्म परेर उम्रेका रुखहरु घिस्रेर पार गर्नुपर्ने हुन्छ र भरयाङको खस्रो भागमा चिप्लने डरले निकै होसियार भएर हिँड्नु पर्ने हुन्छ । सन् २००३ मा उक्त भ¥याङको मर्मत गरिए पनि सुरक्षाका हिसाबले स्वर्गको भरयाङ चढ्न मनाहि गरिएको छ । तथापि, प्रत्येक हप्ता १०० देखि १५० क्लाइम्बर्सहरु यो भिरालो भरयाङ चढ्ने गर्दछन् र अहिलेसम्म गम्भिर प्रकारको चोटपटक लागेको बुझिएको छैन । घाम लागेको दिनमा आफ्नो खुट्टामुनि पहाड, उपत्यका र पानीको फोहोरा हेर्दा लाग्छ कि तपाईंले साँच्चै नै स्वर्गको भरयाङ नै चढ्नुभएको छ ।
    Haiku-stairs6-550x733

    Haiku-stairs7-550x366
    Haiku-stairs-550x366
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: स्वर्ग जाने खुड्किलो Rating: 5 Reviewed By: Unknown
    Scroll to Top