728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, March 12, 2014

    दाँत पहेँलो भयो ? कागती छँदै छनी...

    कागती हाम्रो दैनिक
    जीवनमा प्रयोग
    हुने
    खाद्य
    पदार्थ
    हो ।
    कागतीलाई
    खानामा तथा सलादमा बड
    प्रयोग
    गर्ने
    गरिन्छ
    भने
    पेय
    पदार्थमा समेत
    मिसाएर प्रयोग गर्ने गरिन्छ । यस्तै, कागतीलाई
    औषधीका रूपमा समेत प्रयोग गर्न सकिन्छ । विभिन्न
    रोगहरूमा घरेलु औषधी बनाउनका लागी प्रयोग
    गर्न कागतीको प्रयोग गर्न सकिन्छ ।
    कागतीको सही रूपमा प्रयोग गर्न सके
    दाँतको समस्याबाट समेत राहत पाउन सकिन्छ । दाँतको पहेलोपन हटाउन र
    दाँतको सुन्दरता कायम राख्नका लागि कागतीको प्रयोग गर्न
    सकिन्छ । यदी दाँतको पहेलोपनका कारण तनावमा हुनुहुन्छ
    भने कागतीको प्रयोगले उक्त समस्याबाट तथा तनावबाट मुक्त
    हुन सक्नुहुनेछ ।
    यसका लागि केही विधिहरू भने अपनाउनुपर्ने हुन्छ ।
    केही प्रक्रिया पुर्याएर काम गर्न सके मात्र
    कागतीले तपाईको दाँतलाई सफा राख्न मद्धत गर्छ ।
    - दिनहुँ दुई पटक ब्रश गर्नुस् । ब्रस
    गरेपछि कागतीको रसमा थोरै पानी मिसाएर
    दाँतको मसाज गर्ने ।
    - सुखा कागतीको बोक्रा पिसेर पाउडर बनाउने र उक्त पाउडरलाई
    दिनमा एक पटक दाँतमा लगाउने ।
    - कागतीको रस र बेकिङ्ग सोडा मिसाएर पेष्ट बनाउने र त्यसले
    दाँत ब्रश गर्ने । यसले दाँतको पहेलोपन कम हुन्छ ।
    - एक चम्चा कागतीको रस र त्यसमा आधा चम्चा नुन मिसाएर
    दाँतमा मसाज गर्ने ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: दाँत पहेँलो भयो ? कागती छँदै छनी... Rating: 5 Reviewed By: Unknown
    Scroll to Top