728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, March 3, 2014

    बालिका बलात्कारी पक्राउ

    तानसेन,फागुन १७–बालिकालाई बलात्कार गरेको अभियोगमा पाल्पाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको ।जिल्लाको बन्दीपोखरामा एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बन्दीपोखरा–१ का १८ वर्षीय सन्तोष विक र सोही ठाउँकै १८ वर्षीय मानवहादुर रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पीडितको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक कृष्ण सापकोटाले जानकारी दिए । यही फागुन १३ गते राति ती दुई अभियुक्तले बालिकालाई आफ्नै घरमा पु¥याई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनको भनाइ छ । पीडित बालिकाका आफन्तले रातभरि बालिका घरमा नआएपछि हराएको सूचना दिएकोमा अर्को दिन फेरि भेटिएको सूचना प्रहरी कार्यालयमा दिएका थिए । १३ गते राति १० बजे घटना घटेको भए पनि भोलिपल्ट मात्र त्यसको रहस्य खुलेको थियो ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बालिका बलात्कारी पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top