728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    कतारमा नेपालीमूलका दुई मानअधिकारकर्मी बेपत्ता पारिए -

    काठमाडौं: कतारमा रहेका कामदारहरुको  थप अनुसन्धान गर्न नेपालबाट कतार गएका नेपाली मूलका दुई मानअधिकारकर्मी कृष्ण उपाध्याय र उनका सहकर्मी फोटोग्राफर गुणदेव घिमिरे कतारमा बेपत्ता पारिएका छन्। नर्वेमा प्रधान कार्यालय रहेको मानवअधिकारवादी संस्था जीएनआरडीले आफ्ना कर्मचारीलाई कतार प्रहरीले हतोत्साही  गर्नुका साथै कतार छाड्न् भनेको थियो। तर  नेपाली मूलका बेलायती मानवअधिकारकर्मी उपाध्याय र घिमिरे अचानक बेपत्ता पारिएको समाचार बेलायती अनलाइन 'द इण्डीपेन्‍डेन्ट'ले प्रकाशित गरेको छ। उक्त समाचारका अनुसार मानअधिकारकर्मी कृष्ण र गुणदेव गत आइतवार दिउँसोदेखि कतारको राजधानी दोहामा बेपत्ता अवस्थामा रहेका छन्।


    समाचारमा बताइए अनुसार कृष्ण र गुणदेव कामदारको अवस्था बुझेर फर्किइरहेको बवस्थामा सादा र बर्दि दुवै पोशासमा रहेका कतारी प्रहरीले उनीहररुलाई पछ्‍याइरहेकाले आफूहरु निकै असुक्षित महसुस गरिरहेको उनीहरु कार्यरत संस्थाका साथीहरुलाई म्‍यासेज पठाएका थिए।

    मानवअधिकारकर्मी कृष्ण उपाध्यायका एक जना साथीले पाएको म्‍यासेजलाई दाबी गर्दै समाचारमा भनिएको छ, 'गत आइतबार दिउँसोदेखि उनीहरु दुवै जना हाम्रो सम्पर्कमा छैनन्।

    उनीहरु बसेको ग्राण्ड हायात होटेलबाट आफ्नो बसाइको अन्तिम दिन एयरपोर्ट जाने क्रममा होटलबाट चेक आउट गरेपछि आफूहरु घेरामा परेकोले असुरक्षित महसुस गरि केहीबेर रिसेप्सन एरियामै बस्ने निधो गरेको बताइएको छ।

    यसअघि गत शनिबार उपाध्यायले पठाएको म्यासेजमा आफूहरुलाई कतारी प्रहरीहरुले पछ्याइरहेको र उनीहरुले निकै नै दुःख दिने सम्भावना रहेको बताइएको समाचारमा जनाइएको छ।

    मानवअधिकारकर्मीद्वय उपाध्याय र घिमिरे कतारस्थित नेपाली दूतावास र कुटनीतिज्ञको सहयोगमा कतारमा रहेका नेपाली कामदारहरु बस्ने ठाउँ र उनीहरुले गर्ने कामको प्रकृतिको अवस्था बारेमा नजिकबाट खोजबिनका साथ अन्तर्वाता लिने काममा लागेका थिए।

    मानवअधिकारको क्षेत्रमा नेपालबाट नै कामको अनुभव संगालेका मानवअधिकारकर्मी ५२ वर्षीय कृष्ण उपाध्‍याय र उनीसँगै रहेका सहकर्मी फोटोग्राफर गत महिना मात्रै कामको शिलशिलामा लण्डनबाट नर्वे बसाई सरेका थिए। यी दुवै मानवअधिकारकर्मीहरुसँग बेलायती पासपोर्ट रहेको बताइरहदा बेलायती विदेश मन्त्रालयले भने उक्त रिपोर्टको जानकारी आफूसँगै रहेको र बेपत्ताको खोजी भईरहेको बताएको छ।

    उीनीहरु कार्यरत संस्था ग्‍लोबल नेटवर्क फर राइट्‍स् एण्ड डेभेलोपमेन्ट (जीएनआरडी)ले बेपत्ता बनाइएको सम्‍भावित घटनाप्रति गम्भीरता पुर्वक चासो देखाएको छ। जीएनआरडीले बेपत्ता पारिएका नेपाली मूलका दुई मानवअधिकारकर्मी कृष्ण र गुणदेवको सकुसल सुरक्षाको मागसहित रिहाइको माग गरेको छ।

    कतारमा हुने सन् २०२२ को विश्‍वकप फुटबलको लागि बनाइदै गरेको निर्माणाधीन स्‍टेडियममा काम गर्न ल्‍याइएका नेपाली कामदारको दयनीय र दर्दनाक अवस्था अन्तराष्ट्रियस्तरमा सनसनीपूर्ण भइसकेपछि कतारले विश्‍वभर चर्को आलोचना खेपिरहेको छ।

    कतारमा कार्यरत कामदारहरुले पाउने पारिश्रमिक, श्रम शोषण तथा पक्राउपछि भोग्‍ने चरम यातनाको बारेमा मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनल लगायतले पटक पटक चासो देखाउँदै आएका छन्। उक्त मानवअधिकारवादी संस्थाहरुले त्‍यहा कार्यरत कामदारलाई 'स्‍ट्यान्डर्ड प्राक्टिस' को अनुसरण गर्न र आधुनिक किसिमको तलबसुविधा दिन समेत कतार सरकारलाई आग्रह गर्दै आएका छन्। -(एजेन्सीको सहयोगमा)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कतारमा नेपालीमूलका दुई मानअधिकारकर्मी बेपत्ता पारिए - Rating: 5 Reviewed By: Unknown
    Scroll to Top