728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 11, 2014

    पेटमा किरा परेको छ भने फर्सीको बियाँ चपाएर निल्नु लाभदायक

     फर्सीको तरकारी खाँदा हामीमध्ये धेरैले बियाँ फाल्ने गरेका छौँ । यस्तो गर्नु भनेको स्वास्थ्यका दृष्टिकोणले उखुको खोस्टा चुसेर रस फाल्नुसरह रहेको डाक्टरहरूको भनाइ छ । फर्सीको बियाँ धेरै गुणयुक्त हुन्छ ।



    प्रोस्ट्रेट वृद्धि रोक्न फर्सीको बियाँ ज्यादै उपयोगी मानिन्छ । यसमा रहेको तेलले प्रोस्ट्रेट वृद्धि रोक्न मद्दत गर्छ ।

    महिलाले फर्सीको बियाँको तेल दुई एमएल १२ हप्तासम्म निरन्तर सेवन गरे महिनावारी भएको बेला देखिने ब्लड प्रेसर, कोलेस्ट्रोल, हर्मोनको कमीलगायत स्वास्थ्य समस्याबाट छुट्कारा पाइन्छ।

    बालबालिकाको पिसाबमा क्याल्सियम ओक्सेलेट (पत्थरीको कारक) रहेको देखिए भोजनमा फर्सीको बियाँ राख्नु लाभदायक हुन्छ ।

    फर्सीको बियाँमा एन्टी अक्सिडेन्ट्स हुन्छ, जसले हाई ब्लडप्रेसर कम गर्न मद्दत गर्छ ।

    पेटमा किरा परेको छ भने फर्सीको बियाँ चपाएर निल्नु राम्रो हुन्छ । यसो गर्दा किरा मर्छ ।

    बाथका रोगीले फर्सीको बियाँ खानु ज्यादै उपयोगी हुन्छ ।

    अनिद्रा, चिन्ता र तनावबाट मुक्ति पाउन फर्सीको बियाँ खाने गरिन्छ । एक ग्राम बियाँमा २२ एमजी ट्राइप्टोफान प्रोटिन हुन्छ, जुन अनिद्राको अचुक औषधि हो । ग्लुकोजसँग फर्सीको बियाँ खानाले गहिरो निद्रा लाग्छ । मानसिक थकान र चिन्ताले ग्रस्त मानिसका लागि फर्सीको बियाँ ज्यादै उपयोगी मानिन्छ ।

    आलस र फर्सीको बियाँ दुई ग्राम दिनहुँ खानाले कलेजोसम्बन्धी समस्या कम हुन्छ ।

    हातखुट्टा पोल्ने समस्या भएकाहरूले फर्सीको बियाँ पिसेर लेप लगाए तुरन्त आराम मिल्छ । लेप सुकेपछि नुनपानीले धुने गर्नुपर्छ ।

    घाउ निको नभएर हैरान भएकाहरूले फर्सीको बियाँ सुकाएर धुलो बनाई घाउमा लगाएमा निको हुन्छ ।



    भिडियो हेर्न तलको कालो बाकस थिच्नुहोस 
    भिडियो तल छ 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पेटमा किरा परेको छ भने फर्सीको बियाँ चपाएर निल्नु लाभदायक Rating: 5 Reviewed By: Unknown
    Scroll to Top