728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 11, 2014

    कम्प्युटरका लागि केहि महत्वपूण सफ्टवेयरहरु !

    कम्प्युटरका लागि केहि महत्वपूण सफ्टवेयरहरु !
    ========================
    (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
    ================================
    साना साना कुराले पनि कम्प्युटरमा निकै दुख
    पाइरहिएको हुन्छ । केहि विशेष
    सफ्टवेयरको बारेमा थाहा हुँदो हो त
    त्यस्ता अफ्ठ्याराहरु निकै कम हुन्छन् ।
    यहाँ कम्प्युटरका महंगा र चलाउँन सिक्नै पर्ने
    सफ्टवेयरका बारेमा कुरा गर्न खोजिएको हैन ।
    यहाँ म यस्ता सफ्टवेयरहरुका बारेमा कुरा गर्दैछु
    जसका बारेमा कमैलाई थाहा छ तर अति नै
    उपयोगी छन् । र, जसको प्रयोगले तपाईको कम्प्युटर
    सजिलो र छिटो पनि हुन्छ । रमाइलो कुरा त यो छ
    कि अति नै उपयोगी भएपनि यी सफ्टवेयरहरुले
    कम्प्युटरमा बढि स्पेस लिदैनन् । यसलाई तपाईले
    माइक्रोसफ्टको पुरानो भर्सनहरु लिएर
    नयाँ विन्डोज ८ मा पनि मज्जाले प्रयोग गर्न
    सक्नुहुनेछ ।
    तपाईलाई कुन सफ्टवेयर आवश्यक छ, तल हेर्नुहोस् ।
    १. अनलकर (Unlocker) : तपाईले कुनै कुनै फाइल
    तथा फोल्डरहरु डिलिट गर्न खोज्दा “file is in use”
    भनेर डिलिट नभएर दिक्क पारेको होला ।
    यस्तोमा यो सफ्ट्वेयर उपयोगी हुन्छ । यसले
    यसरी लक (Lock) भएका फाइल तथा फोल्डरहरुलाई
    बन्द गरिदिन्छ ।
    २. डबल किलर (Double killer) : डाउनलोड र कपी गरेर
    राख्दा राख्दै एउटा डकुमेन्ट वा गीत र फोटोहरु
    धेरैवटा फोल्डरमा हुन सक्छन् । यो सफ्ट्वेयरले एउटै
    कम्प्युटरमा रहेका एकभन्दा बढी उही डकुमेन्टहरु
    हटाउँछ ।
    ३. माउस जिग्लर (Mouse Jiggler) :
    तपाईको कम्प्युटर केहि बेर नचलाउँदा स्लिप
    मुडमा जान्छ । यसैले स्लिप मुडमा जान नदिन
    केहि बेरमा माउस वा किबोर्ड चलाइरहनु पर्ने हुन्छ ।
    यस्तोमा यो माउस जिग्लर भन्ने सफ्टवेयरले काम गर्छ
    । यसले कम्प्युटर नचले पनि कम्प्युटरलाई स्लिप
    मुडमा जान दिदैन ।
    ४. मेलस्टोर (MailStore) : यदि तपाई इन्टरनेट
    नभएको ठाउँमा पनि आफ्नो इमेलहरु हेर्न चाहनु हुन्छ
    भने यसको प्रयोग गर्न सक्नुहुनेछ । यसले
    इन्टरनेटको पहुँचमा सबै इमेलहरु कम्प्युटरमा डाउनलोड
    गर्छ जसलाई तपाईले पछि इन्टरनेट
    नभएको ठाउँमा पनि हेर्न सक्नुहुन्छ । यसको मद्दतले
    इमेलहरु पेन ड्राइभमा पनि राख्न सकिन्छ ।
    ५. टेराकपी (Tercopy) : तपाईले
    कहिलेकाँही ठुला साइजका फिल्महरु
    कपी गर्दा गर्दै बिचैमा केहि खराबी आएर फेरि सुरु
    देखि नै फाइल कपी गर्नु पर्ने भएको छ कि छैन ?
    यस्तोमा यो टेराकपी उपयोगी हुन्छ । यसले
    कपी गर्न स्पिड बढाउँछ र केहि समस्या भए
    त्योबारेमा बताउँछ ।
    ६. सोल्युटो (Soluto) : कम्प्युटर ओपन गर्दा अनेक
    प्रोग्राम खुलेर ढिलो ओपन हुने समस्या यो सफ्टवेयरले
    काम गर्छ । यसले अनावश्यक प्रोग्रामहरुलाई सुरुमै
    ओपन हुनबाट रोक्छ र कम्प्युटर छिटो खुल्छ ।
    ७. इरेजर (Eraser) : कम्प्युटरबाट डिलिट
    गरिएका फाइल तथ डकुमेन्टहरु
    केहि सफ्टवेयरको सहयोगमा फिर्ता ल्याउँन
    सकिन्छ । तपाईको गोपनियता भंग गर्न खोज्नेले
    यसो नगर्नाल भन्न सकिदैन । यस्तोमा यो सफ्टवेयरले
    सदाका लागि फाइलहरु डिलिट गर्न सहयोग गर्छ ।
    ____________________________________
    ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !! जान्नुहुन्छ भने साथीहरुलाई ट्याग पनि गर्नुहोला

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कम्प्युटरका लागि केहि महत्वपूण सफ्टवेयरहरु ! Rating: 5 Reviewed By: Unknown
    Scroll to Top