728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    सबैलाई अनलाइनमा ल्याउन फेसबुकले अरबौँ खर्च गर्ने (सबै पढ्न तलको लिंक मा जानु होला)

    सबैलाई अनलाइनमा ल्याउन फेसबुकले अरबौँ खर्च गर्ने

    विश्वका सबै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउन फेसबुकले अरबौँ डलर खर्च गर्ने तयारी गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले विश्वका सबै मानिससामु इन्टरनेट पूराउने आफ्नो लक्ष्य पूरा गर्नका लागि फेसबुक अरबौँ डलर खर्चिन तयार रहेको बताएका हुन् ।

    मेक्सिकोका अर्बपति कार्लोस स्लिमले मेक्सिको सिटीमा आयोजना गरेको एक समारोहमा बोल्दै जुकरबर्गले भने, ‘हाम्रो एकमात्र मुख्य चासो भनेकै विश्वका सबै मानिसलाई इन्टरनेट मार्फत जोड्नु हो ।’

    ‘यसका लागि आउँदो दशकसम्मै फेसबुकले अरबौँ डलर खर्च गर्नुपरेपनि यो दीर्घकालमा फेसबुक तथा विश्वकै लागि असल चिज हुनेछ’ जुकरवर्गको भनाइ छ ।

    अन्तराष्ट्रि दूरसंचार संघ आइ टि यू को तथ्यांक अनुसार सन् २०१४ को अन्त्य सम्ममा विश्वका ३ अर्ब मानिस मा इन्टरनेटको पहुँच पुग्नेछ । त्यसमध्ये आधा जसो अर्थात् १ अर्ब ३० करोड मानिसले फेसबुक प्रयोग गर्ने गरेका छन् ।

    विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ कम्पनी फेसबुकले गएको वर्ष इन्टरनेट डट ओआरजी परियोजना सुरु गरेको थियो । यस अन्तरगत एसिया र अफिकाका इन्टरनेटको पहुँच नभएका मानिसहरुमा इन्टरनेट पूराउन फेसबुकले सम्बन्धित क्षेत्रका दूरसंचार प्रदायक कम्पनीहरुसँग सहकार्य गर्नेछ ।

    विश्वका सबै मानिसमा इन्टरनेटको पहुँच स्थापित भएमा व्यवसाय तथा अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आउने जुकरवर्गले बताएको रोयटर्सले उल्लेख गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सबैलाई अनलाइनमा ल्याउन फेसबुकले अरबौँ खर्च गर्ने (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top