728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    कोकाकोलामा चिनीको मात्रा उच्च, बट्टामा खतराको लोगो राखिने


    कोकमा मानव स्वास्थ्यलाई हानी गर्ने मात्रामा ठूलो परिमाणमा चिनी रहेको कोकाकोला कम्पनीले स्विकार गरेको छ । यो सँगै कोकाकोलाले अब कोकका क्यानमा उच्च चिनीको मात्रा भएको जनाउ दिनेगरी खतरासूचक लोगो राख्ने भएको छ ।

    कम्पनीले ट्राफिक लाइट जस्तै कलर कोडेड प्रणाली अबलम्बन गर्ने निर्णय गरेको बताइएको छ । जसका माध्यमबाट प्रयोगकर्ताले स्वस्थ प्रडक्ट पहिचान गरी आफ्नो भोजनमा सुधार गर्न सक्नेछन् ।

    कोका कोला लगायतका विभिन्न अन्तराष्ट्रिय ब्राण्डहरु कलर कोडिङ प्रणालीको विरुद्धमा रहँदै आएका छन् । आफ्नो उत्पादनका बोतल तथा क्यानहरुमा खतरासूचक लोगो नरहोस् र उपभोक्ताहरु नझस्कियून भन्ने उनीहरुको चाहना रहँदै आएको छ ।

    अब यो निर्णयपछि कोकाकोलाले आफ्नो क्यानमा ट्राफिक लाइट लेबलिङ सिस्टम अनुसार क्यानमा रहेको पोषण लेबल अघि रातो, पहेँलो तथा हरियो रङको लोगो राख्नेछ । यसको अर्थ चिनी, चिल्लो तथा नुनको मात्रा उच्च, मध्यम तथा कम रहेको भन्ने बुझिनेछ ।

    उपभोक्ताहरुले कोकाकोलामा रहेको पोषण सूचना पारदर्शी रुपमा दिने आफ्नो प्रतिबद्धता अनुरुप नयाँ प्रणाली अबलम्बन गरिएको कम्पनीले जनाएको छ ।

    सन् २०१५ को मध्यतिरबाट नयाँ प्रणाली अनुसार कोकाकोलाका क्यानमा खतरासूचक लेवल राखिने बताइएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कोकाकोलामा चिनीको मात्रा उच्च, बट्टामा खतराको लोगो राखिने Rating: 5 Reviewed By: Unknown
    Scroll to Top