728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 11, 2014

    पौष्टिकताले भरिपूर्ण हुने अम्बा (एक जानकारी)

    पौष्टिकताले भरिपूर्ण हुने अम्बा (एक जानकारी)
    =======================
    (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
    ================================
    अम्बा (अम्बक, बेलौती) स्वादिलो मात्रै हुँदैन । यो फल स्वास्थ्यको दृष्टिले समेत निकै उपयोगी हुन्छ । पौष्टिकताले भरिपूर्ण हुने अम्बालाई आयुर्वेदले अमृत फल भनेको छ । यो फल साँच्चै अमृत नै हुन्छ ।
    पाकेको भन्दा काँचो अम्बामा भिटामिन सीको मात्रा बढी पाइन्छ । बिहान भोजन गर्नुअघि अम्बाको नियमित सेवन गर्नाले कब्जियतको समस्या दूर हुन्छ । अम्बा खाइरहने गरे शरीरमा सेरम कोलेस्ट्रोल घट्छ र उच्च रक्तचापको जोखिमबाट टाढै बस्न सकिन्छ । अम्बाको बीउ चपाएर खानाले पनि शरीरमा लौह तत्त्व -फलाम, आइरन) को पूर्ति हुन्छ ।
    अम्बालाई कहिले पनि ताछेर खाने गर्नुहुन्न किनभने यसमा भिटामिन सीको मात्रा धेरै बढी हुन्छ । भिटामिन सी दाँत र गिजाको रोग तथा जोर्नीको दुखाइको उपचारमा निकै उपयोगी हुन्छ ।
    पाकेको एक सय ग्राम अम्बा मात्र खाए पनि हामीलाई १ सय ५२ मिलिग्राम भिटामिन सी, ७ ग्राम पाचन क्रियामा सहायक रेसा, ३३ मिलिग्राम क्याल्सियम र एक मिलिग्राम फलाम प्राप्त हुन्छ । साथै यसमा फस्फोरस र पोटासियम धेरै ठूलो मात्रामा हुन्छ । यी तत्त्व शरीरलाई हृृष्टपुष्ट बनाउन आवश्यक हुन्छ ।
    पेट दुखेको बेला आरामका लागि अम्बा नुनमा चोपेर खाँदा तत्काल लाभ पुग्छ । रुघाका पुराना रोगीले अब्बा पोलेर तात्तातै नुन र मरिच सँगै खानाले फाइदा मिल्छ ।
    चिनियाँ चिकित्सक अल्बर्ट विङ नङ लियाङले अम्बाको फल र पातको चूर्णको प्रयोगले मधुमेह हटाउन आश्चर्यजनक सफलता प्राप्त गरेका छन् । अम्बाको पात पानीमा उमालेर त्यसमा नुन हालेर अनुहारमा लगाउनाले डन्डिफोरबाट मुक्ति पाइन्छ । अम्बा कति गुणकारी हुन्छ भने यसको जरो, पात, बोक्रा सबै थोक औषधि बनाउन उपयोग गरिन्छ ।
    ---------------------------------------------------------------
    ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
     
    — 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पौष्टिकताले भरिपूर्ण हुने अम्बा (एक जानकारी) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top