728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 11, 2014

    सात करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला

    काठमाडौं, भाद्र २६ ।  अर्जेन्टिनामा सात करोड बर्ष पुरानो संसारकै बिशाल जीव डाइनोसरको अवशेष फेला

    परेको छ । अमेरिकी बैज्ञानिकहरुको टोलीले अर्जेन्टिनाको पैटागोनियन पहाडी इलाकामा डाइनोसरको जीवाशेष फेला पारेको जनाइएको छ ।

    उक्त डाइनोसरको जीवावशेषको लम्बाई २६ मीटर र तौल ६० टन रहेको बताइएको छ । फेला पारिएको जीवाशेषमा ७० प्रतिशत हड्डी रहेको र निकै डरलाग्दो देखिएको बैज्ञानिकहरुले बताएका छन् ।


    पैटागोनियन पहाडी इलाका बिनाशकारी बाढीपछि उजाड भएको क्षेत्र पर्दछ । अमेरिकाको फिलाडेल्फिया राज्यस्थित ड्रेक्सल युनिभर्सिटी अफ केनिथको बैज्ञानिक टोलीले गरेको अनुसन्धानका क्रममा उक्त जीवावशेष फेला पारिएको हो ।


    यसभन्दा अगाडी दक्षिण अमेरिकामा अर्जेटीनोसरस नामक सबैभन्दा ठूला जीवाशेष फेला पारिएको थियो । जसको तौल एक सय टन थियो ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सात करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला Rating: 5 Reviewed By: Unknown
    Scroll to Top