अआजकल धेरै मानिस निकै व्यस्त हुन थालेका छन् । जीवनमा निकै भागदौड गर्ने गर्दा मानिसले आफ्नो लागि समेत समय छुट्टाउन सकेका छैन् । यसरी गरिने भागदौडका कारण मानिसले आफ्नो स्वास्थ्य, शरिरको समेत ख्याल गर्न छाडेका छन् । यसरी लापरवाही गर्दा मानिसको शरिर तथा स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ । तर, यसरी भागदौडको जीवनमा सामान्य कुराहरू विचार गर्न सक्यौ भने हाम्रो शरिर स्वस्थ तथा निरोगी रहनुका साथै जवान पनि रहन सक्नु हुन्छ ।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhyAvUlQm4v2nUOYbxMAd4XYfcwN7rzqdz6ESgLEYRwaa2xfFulFXha7jdoUC2u7_I0dZkEkgB8WxdkzUEBvSD3eQ4QgZACA2n7Wj3CimMY3kfaUIg5cjCK8zTzMV3TZkR-6nww5z9a957Y/s1600/safe_image+(4).jpg)
बढी कोल्डड्रिङ्क्सले तपाईको शरिरको छालालाई चाडो बुढो बनाउँछ र सानो उमेरमा नै आफ्नो जवानी गुमाउनुपर्ने हुन्छ । - धुम्रपानः चुरोटको धुँवा स्वास्थ्यका निकै हानिकारक हुन्छ । यदी तपाई धुम्रपान गर्नुहुन्छ या धुम्रपान गर्ने मानिसहरूसँग समय बिताउनु हुन्छ भने तपाईको शरिरलाई यसले निकै बेफाइदा गर्छ । यसले विभिन्न रोग ल्याउनुका साथै छालामा समेत असर पार्छ र निकै चाडो बुढो देखाउँछ । - व्यायामः दैनिक रूपमा केही समय व्यायाम गर्दा शरिरलाई निकै फाइदा गर्छ ।
दिनहुँ व्यायाम गर्दा शरिरमा रक्तसञ्चार बढ्छ र मानिसको शरिरमा रक्तसञ्चारको बृद्धी हुँदा यसले छालालाई समेत फाइदा पुर्याउँछ । यसरी व्यायाम गर्दा शरिरमा थकान समेत बढ्छ र मिठो निन्द्रा लाग्छ । आवश्यक मात्रामा निन्द्रा पुर्याउनुले पनि शरिरलाई जवान राख्न मद्धत गर्छ । - तनावः लगातार तनावमा रहँदा पनि चाडै बुढो देखीने हुन्छ । तनावले अनुहारको माशंपेशीलाई खुम्च्याउँछ, जसले कम उमेरमा पनि बुढ्यौली लागेको जस्तो देखिन्छ । यसबाट बच्नका लागि सकेसम्म धेरै पानी पिउने तथा अनुहारको व्यायाम गर्ने गर्नुपर्छ ।
0 comments:
Post a Comment