728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 11, 2014

    खतरनाक रोग हेपाटाइटिस

    खतरनाक रोग हेपाटाइटिस 
    ===============
    (जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस )
    ================================
    कलेजो :-
    शरीरका महत्त्वपूर्ण अड्डहरूमध्ये कलेजो पनि एक हो । यसले शरीरको पाचनक्रियामा महत्त्वपूर्ण भूमिका खेल्छ, कलेजोले बोसो पचाउने, रगतमा भएका खराब तत्त्वहरू छान्ने तथा जैविक रसायनहरू भण्डारण तथा परिचालन गर्दछ ।

    धेरै प्रकारका जन्डिसहरूमध्ये भाइरसको कारणबाट हुने जन्डिस बढी मात्रामा पाइन्छ । नेपालमा हेपाटाइटिस ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ बढी मात्रामा पाइएको छ । जसमध्ये हेपाटाइटिस ‘ए’ बच्चाहरूमा र हेपाटाइटिस ‘ई’ वयष्कहरूमा बढी मात्रामा पाइन्छ । हेपाटाइटिस ‘ए’ र ‘ई’बाट हुने जन्डिसलाई Acute Viral Hepatitis भनिन्छ, जुन दूषित पानी र खानाबाट सर्छ । यो रोग केही औषधिको प्रयोग तथा सफा पानी र पौष्टिक आहारको साथै आराम गर्दा पूर्णरूपमा निको हुन्छ ।

    हेपाटाइटिस ‘बी’ र ‘सी’ दुवै डर लाग्दा भाइरसहरू हुन् । यसबाट हुने जन्डिसलाई Chronic Viral Hepatitis भनिन्छ । यसको कारणले कलेजो सुक्ने तथा कलेजोको क्यान्सर हुन सक्छ, जसले मानिसको मृत्यु हुन्छ । हेपाटाइटिस ‘बी’ विरुद्धको खोप पाइन्छ र खोपको प्रयोग गरी यो रोग लाग्नबाट बच्न सकिन्छ ।
    हेपाटाइटिस ‘बी’ एचआईभी⁄एड्सभन्दा खतरनाक किन ?

    एचआईभी भाइरस बाहिरी वातावरणमा आएको केही सेकेन्डभित्रै मर्ने गर्छ तर हेपाटाइटिस ‘बी’को भाइरस लामो समय (केही हप्ता) सम्म जिउँदो रहन सक्छ, यसको कारणले यो भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

    हेपाटाइटिस ‘बी’ सर्ने कारणहरू
    असुरक्षित यौनसम्पर्क ।
    दूषित रगतबाट ।
    रोगीले प्रयोग गरेको दाह्री काट्ने ब्लेड, टुथब्रस आदि प्रयोग गरेमा।
    रोगीले प्रयोग गरेको सुई प्रयोग गरेमा ।
    रोगी आमाबाट जन्मेको नवजात शिशुमा ।

    हेपाटाइटिस ‘बी’का लक्षणहरू
    हेपाटाइटिस ‘बी’ रोग लागेका व्यक्तिहरू पहिले साधारण व्यक्तिजस्तै हुन्छन् । सुरुमा खासै लक्षण देखा पर्दैनन् तर पछि अरुचि, दुब्लाउनु, कमजोर हुँदै जानु, पेट दुख्नु, ज्वरो आउनु, जन्डिस हुनुजस्ता लक्षणहरू देखा पर्छन् । पछि गएर पेटमा पानी जम्ने, हातखुट्टा सुन्निने, ज्वरो आउने, रगत बान्ता गर्नेजस्ता लक्षणहरू देखा पर्छन् । यस्तो अवस्थामा कलेजो पूर्णरूपमा बिग्रिसकेको हुन्छ र मानिसको मृत्यु हुन्छ ।

    यो रोगको पहिचान समयमै भएमा केही औषधि–उपचार तथा केही परहेजहरू अपनाई कलेजो बिग्रनबाट जोगाउन

    सकिन्छ । यस रोगको पहिचानको लागि रक्तपरीक्षण गरिन्छ । रक्त परीक्षण गर्दा यदि हेपाटाइटिस ‘बी’ नदेखिएको खण्डमा यस रोग विरुद्धको खोप लगाउन सकिन्छ तर यदि देखा परेको खण्डमा खोप लगाउनुहुँदैन । साथै कलेजोसम्बन्धी चिकित्सकसँग राम्ररी उपचार गराउनुपर्छ ।

    खोपको लागि

    रक्तपरीक्षण
    रक्तपरीक्षणमा हेपाटाइटिस ‘बी’ ल्भनबतष्खभ देखिएमा मात्र खोप लिनुपर्छ ।
    खोप लिने तरिकाः–
    पहिलो खोप पहिलो महिना
    दोस्रो खोप दोस्रो महिना
    तेस्रो खोप तेस्रो महिना
    चौथो खोप पहिलो खोप लिएको एक वर्षपछि
    ____________________________________
    ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: खतरनाक रोग हेपाटाइटिस Rating: 5 Reviewed By: Unknown
    Scroll to Top