728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, September 10, 2014

    जहाँ लासलाई निकालेर नुहाइधुवाई गरिन्छ (सबै पढ्न तलको लिंक मा जानु होला)

    जहाँ लासलाई निकालेर नुहाइधुवाई गरिन्छ 


    चिहान खोतलेर लासलाई बाहिर निकाल्नु, पानीले नुहाइ धुवाइ गरिदिनु र मज्जाले राम्रा राम्रा पहिरन लगाइदिनु । सुन्दैमा कुनै फिल्मी कथाजस्तो लाग्ने यो परम्परा मानव समाजमा अहिले समेत कायम रहेको परम्परा हो । इण्डोनेसियाको दक्षिण सुलावेशी स्थित तोराजाका आदिवासी समुदायमा हरेक वर्ष यस्तो अनौठो संस्कार मान्दै आएका छन् ।

    वृद्ध भएर मृत्यु भएका मात्र होइन, बाल्यकालमै मृत्यु भएकाहरुको शवलाई पनि यसैगरी सिँगारिन्छ । अनि त्यसरी सिँगारिएका लासलाई गाउँ घुमाइन्छ, सिधा बाटोमा ।

    त्यसपछि बर्षदिनसम्म माटोमुनि रहँदा मक्किएको वा बिगि्रएको कफिनलाई मर्मत गर्ने वा नयाँ फेर्ने गरिन्छ अनि पुनः सिँगारिएकेा लासलाई कफिनमा राखेर चिहानमै राख्ने गरिन्छ । उक्त गाउँको एक भिरमा कलात्मक खुल्ला चिहान समेत निर्माण गरिएको छ, जहाँ सिँगारिएका लासलाई उभ्याएरै राखिएको छ ।

    यो पर्वलाई स्थानीय भाषामा मइनिन भनिन्छ जसको अर्थ लास सफाइ पर्व हो ।
    परम्परागत तोराजान आस्था प्रणालीमा मृतकको आत्मा व्यक्ति जन्मेकै गाउँमा फर्किनुपर्ने मान्यता छ ।

     त्यसैले सो गाउँका मानिस अरु कुनै ठाउँमा गएर मरे भनेपनि त्यसैगरि लासलाई सिँगारेर र हिँडाएर गाउँमै ल्याइन्छ ।
    त्यसैले विगतमा सो गाउँका मानिसहरु टाढाको बाटो हिड्न डराउँथे । यदि कसैगरी आफु टाढा ठाउँमा गएर मरियो र आफ्नो लास गाउँसम्म पूराउन सकिएन भने आफ्नो स्वर्गमा बास नहुने डर उनीहरुमा हुन्थ्यो
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: जहाँ लासलाई निकालेर नुहाइधुवाई गरिन्छ (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top