728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    ८ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

    खोटाङ, भाद्र १९ । खोटाङमा ८ वर्षीया बालिकालाई बलात्कार गर्ने युवकलाई पक्राउ गरिएको छ । गत १६ गते बेलुका बालिकालाई फकाइफुल्याइ नजिकैको विद्यालयमा लगेर 'बलात्कार गरेपछि फरार' रहेका नुनथला–८ का १७ वर्षीय सांगे शेर्पा पक्राउ परेका हुन् ।

    बालिकाका आफन्तले दिएको उजुरीको आधारमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    बलात्कृत बालिकाको उपचार जिल्ला अस्पतालमा सम्भव नभएपछि काठमाडौं ल्याइएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ८ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top