728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, September 4, 2014

    वीर्यदानको अनौठो रहर, बनाए ८५ महिलालाई गर्भिणी (भिडियो हेर्न यो लिंकमा थिच्नुहोस्)

    पश्चिमा मुलुकहरुमा शुक्रकिट दान गर्ने चलन व्यापक छ । धेरै पुरुषहरुले पैसाका लागि वीर्यदान अर्थात् शुक्रकिट दान गर्छन् । तर दुनियामा यस्ता पुरुष पनि छन् जो पैसाका लागि होइन शौखका लागि वीर्यदान गर्छन् ।नेदरल्याण्डका एड हुबन नामका पुरुषलाई वीर्यदान गर्ने अनौठो शौख छ । 

    उनले नेदरल्याण्डका विभिन्न निसन्तान केन्द्र तथा सरकारी अस्पतालहरुलाई समेत आफ्नो वीर्य दान गरिसकेका छन् । उनले अस्पतालहरुलाई वीर्य दान मात्र गर्दैनन् । आफ्नो वीर्य कुन महिलाले ग्रहण गरे अनि आफ्नो शुक्रकिटबाट को महिला गर्भवती भएर बच्चा जन्माए भन्ने कुराको पनि हेक्का राखेर पूरै डाटाबेस तयार पार्छन् । उनीसँग आफ्नो शुक्रकिटबाट गर्भवती भएका महिला, जन्मिएका बच्चा तथा ती बच्चाको पछिल्लो अवस्थाका बारेमा विस्तृत तथा अद्यावधिक तथ्यांक छ । 

    उनको तथ्यांक अनुसार अहिलेसम्म हुबन ८५ जना बच्चाका बाउ बनिसकेछन् । कोही निसन्तान दम्पत्तिलाई सन्तानसुख प्रदान गर्न पाउँदा उनलाई निकै खुसी लाग्छ । आफुले वीर्यदान गरेर जन्मिएका कतिपय बच्चासँग त उनको अहिले पनि नियमित भेटघाट हुन्छ र सँगै पिकनिक तथा घुमफिर पनि गर्ने गर्छन् ।उनले आफ्नो नाममा एक वेबसाइट नै संचालन गरेका छन् र आफ्नो सत्कर्मका बारेमा उल्लेख गर्दै आफ्नो सहयोग लिन सबैलार्य अपिल पनि गरेका छन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: वीर्यदानको अनौठो रहर, बनाए ८५ महिलालाई गर्भिणी (भिडियो हेर्न यो लिंकमा थिच्नुहोस्) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top