728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, March 11, 2014

    राष्ट्रिय झण्डा अंकित 'फरिया' लगाएर नाचिन् इन्दिरा

    काठमाडौं, फागुन २७ -
    गायिका इन्दिरा जोशीको पछिल्लो पटक  सार्वजनिक ‘जाउ
    कि नजाउँ, पाउँदिन जवाफ, हातमा छ भिसा’
    बोलको गीतमा राष्ट्रिय झण्डाको दुरुपयोग भएको छ ।
    इन्दिराको आफ्नै शब्द, संगीत र स्वर
    रहेको यो गीतको म्युजिक भिडियो मा पनि उनैले
    अभिनय गरेकी छिन् ।
    गायनसँगै नृत्यमा पनि रुची राख्ने इन्दिराले यो म्युजिक
    भिडियोमा ‘कटेम्प्रोरी’ नृत्य गरेकी छिन्
    । इन्दिराले नृत्य गर्दा लगाएको लेहेंगामा भने राष्ट्रिय झण्डालाई
    प्रयोग गरिएको छ । (पुछारमा रहेको भिडियोको १ मिनेट २५
    सेकेन्डपछिको दृष्य हेर्नुहोस ।)
    भिडियोमा इन्दिरलाई मोडलिङमा पल साह र सुमन भट्टराईले साथ
    दिएका छन् । यो भिडियोलाई नितिन चन्दले निर्देशन गरेका हुन् ।
    राष्ट्रिय झण्डा राखेर उत्तम बनेपालीले
    यो लेहेंगा डिजाइन गरेका हुन् । कानुनत राष्ट्रिय झण्डालाई
    शरीरको छातीभन्दा तलको भागमा लगाइने
    कुनै
    पनि भित्री वा बाहिरी कपडामा प्रयोग
    गर्न पाइँदैन । राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग
    सम्बन्धी कार्यविधि, २०६९ मा लेखिएको छ
    ‘शरीरको छातीभन्दा तलको भागमा लगाइने
    कुनै पनि भित्री/
    बाहिरी कपडामा राष्ट्रिय
    झण्डाको प्रतीक/चित्र राख्न निषेध छ ।’
    गीतको म्युजिक भिडियो निर्देशन गरेका चन्द र इन्दिराले
    लगाएको कपडा डिजाइन गर्ने बनेपाली दुवै जना अपमान
    हुने गरेर लेहेंगामा झण्डा नराखिएको दावी गर्छन् ।
    निर्देशक चन्दले गीतको शब्द र मर्म अनुसार
    राष्ट्रिय झण्डा प्रयोग गरिएको बताए । आफूले भिडियोमा झण्डालाई
    लत्रिएको र खुट्टा छोएको अवस्थामा नदेखाएको भन्दै चन्दले नियम
    अनुसार झण्डालाई छातीमाथि नै राखेको बताए । म्युजिक
    भिडियो रिलिज भएलगत्तै केही साथीले
    झण्डाको प्रयोग बारे कुरा उठाएको सुनाउँदै चन्दले आफूले
    यसबारेमा कानुनका जानकार आफन्तसँग सल्लाह गरेको बताए ।
    ‘उहाँहरु (कानुनका जानकार)ले
    झण्डा छातीमाथि भएकाले यसले दुरुपयोग
    भएको मानिँदैन, ठिक छ भन्नुभयो’ चन्दले भने ‘त्यसैले
    यसमा कसैको आपत्ति नहोला ।’
    नेपालीहरुको विदेश जानु पर्ने पीडा,
    राष्ट्रियता र शान्तिलाई फ्युजन गराइएकोले राष्ट्रिय झण्डाको प्रयोग
    गरिएको बनेपालीको भनाई छ ।
    ‘झण्डा लेहेंगामा बनाएको होइन’ डिजाइनर बनेपालीले
    भने ‘त्यो त छुट्टै कपडामा बनाइएको हो ।’ आफूले पहिल्यै
    गीत सुनेर त्यसैको मर्म अनुसार ड्रेस डिजाइन
    गरेको पनि उनले बताए ।
    विभिन्न ड्रेस डिजाइन प्रतिस्पर्धाहरुमा निर्णायकको रुपमा समेत
    रहिसकेका बनेपालीले त्यस्ता प्रतिस्पर्धामा निर्णय
    गर्दा राष्ट्रिय झण्डा,
    देवी देवताका तस्बिरहरुको सही र
    गलत प्रयोगलाई आधार मान्ने गरेको बताए । ‘राष्ट्रिय झण्डा र
    देवी देवताको तस्बिरको अपमान गरेर कुनै पनि डिजाइन
    गरिनु हुन्न’ बनेपालीले भने ‘त्यसमा म एकदम
    सचेत छु ।’

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: राष्ट्रिय झण्डा अंकित 'फरिया' लगाएर नाचिन् इन्दिरा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top