728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, March 5, 2014

    १० चिज, जसमा महिलाले जित्छन्

    १. दिमागी क्षमता अर्थात् आइक्यू अध्ययनले के देखाएको छ भने महिलाहरुमा पुरुषमा भन्दा आइक्यू क्षमता बढि हुन्छ । स्मरण शक्ति तथा तर्कशीलताको मामिलामा महिलाहरु पुरुषभन्दा अगाडि हुने कुरा अमेरिकी अनुसन्धानकर्ताको निष्कर्ष रहेको छ । २. सरसफाइ सरसफाइको मामिलामा पनि महिलाहरु पुरुषभन्दा अब्बल हुन्छन् । अमेरिकाको सानडियागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार कार्यालयमा पुरुष कर्मचारीको टेबल महिला कर्मचारीको भन्दा फोहोर हुने गर्छ । उनीहरुका अनुसार पुरुषले काम गर्ने ठाउँमा महिलाले काम गर्ने ठाउँमा भन्दा २० प्रतिशत बढि ब्याक्टेरिया हुन्छन् । ३.तनावको सामना तनावको सामना गर्ने र महत्वपूर्ण कामका लागि राम्रो तयारी गरेर उक्त कामकुरामा आफ्नो क्षमता मज्जाले देखाउने मामिलामा महिलाहरु पुरुषभन्दा अब्बल मानिन्छन् । शोधकर्ताहरुका अनुसार यहीँ क्षमताका कारण प्राय नयाँ जागिर खान जाने मामिलामा अन्तरवार्ताको क्रममा महिलाको प्रस्तुती पुरुष प्रतिस्पर्धीको भन्दा राम्रो हुन्छ । ४.सुन्दरता सुन्दरताको मामिलामा त महिलाहरु पुरुषभन्दा दश कदम अगाडि हुन्छन् नै । अध्ययनले पनि के देखाएको छ भने जैविक क्रम विकाशकै सिलसिलामा महिलाहरु आफ्ना पुर्खा भन्दा सुन्दर बन्दै गएका छन् । अझ रोचक कुरा त के भने सुन्दर महिलाहरुले अरु सामान्य महिलाले भन्दा बढि बच्चा जन्माउँछन् र सुन्दर महिलाको पहिलो बच्चाको रुपमा अक्सर छोरी जन्मिन्छ । ५.दुर्घटनामा जोगिने अध्ययनले के देखाउँछ भने विभिन्न खालका सडक दुर्घटनामा महिलाहरु भन्दा पुरुषहरुको मृत्यु धेरै हुनेगर्छ । अझ रोचक कुरा त के भने कुनै गाडि दुर्घटना हुँदा त्यसका महिला यात्रु भन्दा पुरुष यात्रुको मृत्युको दर बढि हुन्छ । अध्ययनले कार दुर्घटनामा महिलाको तुलनामा पुरुषको मृत्युको जोखिम ७७ प्रतिशत बढि हुने देखाएको छ । ६.मनको बह पोख्नमा अब्बल आफ्नो मनको बह, समस्या वा पीडा साथीसँगीसँग बिसाएर समस्याको समाधान खोज्ने मामिलामा पनि महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् । ७.भोजन महिलाहरु पुरुषको तुलनामा स्वस्थ भोजनका पारखी हुन्छन् । पुरुषहरु मासुका परिकार तथा ड्राइ फुड बढि मन पराउँछन् भने महिलाहरु सादा खानामा रुची राख्छन् । ८.महिलाहरुमा रोग प्रतिरोधी क्षमता पुरुषमा भन्दा बढि हुन्छ । यो इस्ट्रोजेन हर्मोनका कारण भएको हो । ९.महिलाको आयू बढि तथ्यांकले के देखाउँछ भने विश्वमा भएका १ सय वर्ष भन्दा बढि उमेरका मानिसमध्ये १ सय मा ८५ जना महिला नै छन् । यसको अर्थ के भने महिला पुरुषभनदा औषतमा १० वर्ष बढि बाँच्छन् । १०.महिला हाकिम भएको कार्यालयमा कामदारको कार्यसम्पादन उच्च हुनेमात्र होइन महिलाले गरेको लगानीले दिने प्रतिफल पुरुषको लगानीको तुलनामा बढि हुन्छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: १० चिज, जसमा महिलाले जित्छन् Rating: 5 Reviewed By: Unknown
    Scroll to Top