728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 10, 2014

    सप्तरीदेखि पर्सासम्म गरिबका लागि घर निर्माण गरिने see more video

    ह्याविट्याट फर ह्युम्यानिटीले निर्माण गरिदिएको घर
    एक गरीब परिवारका लागि ह्याविट्याट फर ह्युम्यानिटीले निर्माण गरिदिएको घर
    मानवताका लागि आवास “ह्याविट्याट फर ह्युम्यानिटी”ले सन् २०२० सम्म नेपालमा १० लाख घर निर्माण गर्ने अवधारणा अनुरुप सप्तरीदेखि पर्सा जिल्लाका अति गरिब घरपरिवारका लागि घर निर्माण गर्ने भएको छ ।
    यसै क्रममा सो संस्थाका प्रमुख, पदाधिकारी र जिल्ला बचत एवम् ऋण सहकारी सङ्घ धनुषाबीच भएको छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
    संस्थाका प्रमुख सन्देश पराजुलीले अर्थपूर्ण जीवनका लागि आवास मुख्य अभिप्रायले जिल्लाका सहकारी सङ्घसँग सहकार्य गर्दै घर निर्माणको योजना कार्यान्वयन गरिने बताउनुभयो ।
    नेपालका विभिन्न जिल्लामा अति विपन्न परिवारका लागि घर निर्माणका लागि दीर्घकालीन सहयोग गर्दैआएको छ । विश्वका विभिन्न मुलुकका विद्यार्थीहरु त्यस्तो घर निर्माणमा स्वयंसेवा गर्न नेपाल आउने गरेका छन् ।
    नेपालमा ७३ हजार परिवार सुरक्षित बासको पर्खाईमा रहेका र सन् २०२० सम्म सो सङ्ख्यामा वृद्धि भई २० लाख पुग्ने तथ्यलाई दृष्टिगत गर्दै संस्थाले १० लाख घर निर्माण गर्ने लक्ष्य राखेको प्रमुख पराजुलीले भन्नुभयो ।
    उहाँका अनुसार संस्थाद्वारा यसअघि पोखरामा ४१ र काभ्रेमा ४२ वटा घर निर्माण गरी हस्ताक्षर गरिएको छ । नेपालका ५० जिल्लामा घर निर्माण गर्ने लक्ष्यअनुरुप चितवनको भरतपुरमा सुकुम्बासीका लागि १०० घर निर्माणको कार्य छिट्टै गरिने बताइएको छ । त्यस्तै सन् २०१५ मा पोखरामा १०० घर निर्माण गरिने योजना पनि रहेको छ ।
    जिल्ला बचत एवम् ऋण सहकारी सङ्घ धनुषाका अध्यक्ष ध्रुवनारायण यादवले सप्तरीदेखि पर्सासम्ममा प्रत्येक जिल्लामा १०० घर निर्माण गरिने योजना रहेको बताउनुभयो ।
    जीवनज्योति सहकारी संस्थाका प्रमुख शेषनारायण झाले विपन्न परिवार चयनमा गम्भीर रुपले पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
    - See more at: http://www.nepaljapan.com/2014/07/10/120668/#sthash.yBsuPPYj.dpuf
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सप्तरीदेखि पर्सासम्म गरिबका लागि घर निर्माण गरिने see more video Rating: 5 Reviewed By: Unknown
    Scroll to Top