सम्पर्क भएको थियो । फेसबुक, स्काइप, भाइबर र फोन हँुदै गहिरिएको पिरतीलाई छन्त्याल नेपाल फर्कने बित्तिकै दुवैजना काठमाडौँमा भेट भएर विवाहमा परिणत गरेका प्रहरी अनुसन्धानका क्रममा खुलेको छ ।
प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै बहुविवाह गर्ने महिलाका बारेमा थप विवरण सार्वजनिक गर्न मानेन् ।
सुनौलो भविष्यको सपना बुन्दै दुखजिलो गरेर घरव्यवहार धान्दै आएकी छन्त्यालकी श्रीमतीले परदेशी श्रीमान्ले बाटैबाट अर्की ल्याएको थाहा पाएपछि प्रहरीलाई उजुरी गरेकी थिइन् । “यो त सामाजिक सञ्जालको दुरुपयोग गर्दा भएको एउटा उदाहरण मात्र हो, यस्ता घटना दिनानुदिन बढ्दै गएका छन्”–प्रहरी निरीक्षक उपाध्यायले भन्नुभयो–“सामाजिक सञ्जालको प्रयोग र व्यक्तिगत सम्बन्धमा संवेदनशील नबन्दा धेरैका परिवार विखण्डनको अवस्थामा पुगेको छ ।”

0 comments:
Post a Comment