728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    ‘मेरो भ्यालेन्टाइन’ एकल रिलिज र निशाको स्टारडम


     न कुनै विदेशी सिनेमाको प्रभाव, न त आफ्नै देशको चलचित्रसँग जुध्नु पर्ने अवस्था । सुशिल श्रेष्ठको निर्माणमा तयार भएको चलचित्र ‘मेरो भ्यालेन्टाइन’ आजबाट देशभरका हलमा एकल रिलिज भएको छ ।


    यसकारण पनि यो सिनेमाले व्यापारिक रुपमा सफलता पाउनु आवश्यक छ । जसका लागि यसका कलाकारहरुको स्टारडमले पनि ठूलो प्रभाव पार्नेछ । चलचित्र क्षेत्रमा सिनेमाको व्यापार भन्दा पनि विवादका कारण चर्चामा रहेकी नायिका निशा अधिकारीले दर्शकलाई हलसम्म कतीसम्म तान्न सक्छिन्, त्यसले नै  निर्मातालाई धेरै हदसम्म राहत दिनसक्छ ।

    निरन्तर चलचित्र असफल भएपछि नायिका अधिकारी यतिबेला सिने नगरीमा खासै चम्कन सकेकी छैनन् । चलचित्रमा बाबु बोगटी, स्वतन्त्रप्रताप शाह, सुस्मिता ढकाल लगायतका कलाकारको पनि अभिनय छ । सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको चलचित्रले प्रेम र सस्पेन्सको कथा बोलेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ‘मेरो भ्यालेन्टाइन’ एकल रिलिज र निशाको स्टारडम Rating: 5 Reviewed By: Unknown
    Scroll to Top