728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 28, 2014

    अनुको साउने कुरा, श्रीमानका लागि हैन हरियो चुरा

    नायिका अनु शाह यसबर्ष घरमा जुठो परेकाले साउनको ब्रत बस्न पाइनन् । यसकारण पनि उनका लागि साउन महिना केही खल्लो भएको छ । ब्रत नबसेपनि उनको हात हरिया चुराले सजिएका छन् । चलचित्र ‘धौली’को छायांकन सकेर काठमाण्डौ फर्किएकी नायिकाले अनलाइनखबरसँग भनिन्, मैले थाहा पाएदेखि सधै नै साउनमा ब्रत बस्ने गरेको छु ।

     तर यसपटक नभएकाले मन खिन्न पार्दै बस्न सकिन ।’ अनुले हातमा हरिया चुरा लगाएकी छिन् । तर उनको हरियो चुरा असल पति पाउँ भनेर होइन । अनुले भनिन्-’घरमा सबैजना बसेको देखेर ब्रत बस्न थालेकी हुँ । शिव जस्तै पति पाउँ भन्ने कामना मेरो कहिले पनि होइन ।’ 

    उनले आफूले बस्दै आएको ब्रत डाइटिङ र असल श्रीमानका लागि नभएको प्रष्ट पार्दै अगाडि भनिन्-’ब्रत बस्दा फलफूल पनि खाने भएकाले खासै गाह्रो भने हुँदैन ।’ 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: अनुको साउने कुरा, श्रीमानका लागि हैन हरियो चुरा Rating: 5 Reviewed By: Unknown
    Scroll to Top