728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    किशोर किशोरीका यौन जिवन सम्बन्धि केही रोचक तथ्य


    सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ । अहिलेका किशोरकिशोरी अधिकांस इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि खुलस्त छन् । हिजोको समाजमा जुन कुरा पचाउन सकिँदैनथ्यो त्यो आज सामान्य बनिरहेको छ । 


    किशोरकिशोरी यौनिक रुपमा समेत सक्रिय बन्दै गएको पाइन्छ । यसै विषयमा भारतमा पछिल्लो समयमा भएका केही अध्ययनहरुले केही रोचक तथा अनौठो लाग्दा नतिजा निकालेका छन् । यी नतिजाहरु धेरै हदसम्म हाम्रो समाजमा समेत मेल खान्छन् र कतिपय नखान पनि सक्छन् : भारतीय पेडियाडि्रसन एसोसिएसनले गरेको अध्ययन अनुसार भारतका ठूला ठूला सहरका चर्चित स्कुलमा पढ्ने २५ प्रतिशत किशोरीहरु यौनिक रुपमा सक्रिय हुन्छन् । 

    जबकी सयमा १० जना किशोर छात्रले स्कुलमा आउँदा कण्डम बोकेर आउने गर्छन् । भारतका किशोर किशोरीहरु दिनमा १० घण्टा पढाइएका अलाबा अन्य कुरामा खर्च गर्छन् । जसमध्ये २ घण्टा फेसबुक तथा टि्वटरमा, डेढ घण्टा मोबाइलमा कुरा गरेर, अढाइ घण्टा टेलिभिजन हेरेर, डेढ घण्टा कम्प्युटरमा गेम खेलेर तथा साढे ३ घण्टा अरु घरासायी काम गरेर बिताउने गर्छन् । इण्डिया टुडेले गरेको सर्भेक्षण अनुसार भारतमा हरेक ५ मा एक जना किशोर किशोरी १३ वर्षको उमेरमै पोर्न फिल्म, पोर्न भिडियो वा अश्लील तस्वीर हेर्ने गरेका हुन्छन् । 

    १५ प्रतिशत किशोर किशोरीले स्कुलका शौचालयमै विभिन्न यौन क्रियाकलाप गर्छन् भने ९५ प्रतिशत किशोर किशोरीले विवाह अघिको सेक्सलाई सही मान्दछन् । अर्को एक सर्भेक्षण अनुसार सयमा ९८ जना किशोर किशोरीले १३ वर्षको उमेर सम्ममै कण्डम के हो ? तथा गर्भ निरोधक पिल्स भनेको के हो र किन प्रयोग गरिन्छ भन्ने कुरा जानिसकेका हुन्छन् । हरेक पाँच जनामा एक छात्र १६ वर्षको उमेर भन्दा पहिले नै धूमपान गरिसकेका हुन्छन् । 

    साथै ५० प्रतिशत किशोर किशोरीले १६ वर्षको हुनुभन्दा अघि नै कम्तिमा एक जना विपरित लिंगीलाई चुम्बन गरेको हुन्छ । एक अर्को सर्भेक्षण अनुसार भारतका विभिन्न साना सहरमा १२ देखि २१ वर्षको उमेर भित्रका किशोर किशोरीहरुमा गरिएको अध्ययनले १३ देखि १६ वर्षको उमेरमै २१ प्रतिशतले सम्भोगको स्वाद चाखिसक्ने गरेको पाइयो । साना सहरमा १३ देखि १९ वर्षका किशोरीहरु मध्ये ४२ प्रतिशतले हप्तामा २ देखि ३ पटकसम्म सम्भोग गर्ने गरेको पाइयो । 

    इण्डिया टुडेको सर्भेक्षण अनुसार साना सहर तथा गाउँका ७० प्रतिशत पुरुषहरु आफ्नी श्रीमतीले विवाहपूर्व कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् । कानपुरको चन्द्रशेखर विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोरकिशोरीहरु मध्ये अधिकांसले टेलिभिजनमार्फत सुरक्षित सेक्सका बारेमा ज्ञान आर्जन गर्ने तथा यौन संक्रमित रोगबाट बँच्ने उपाय सिक्ने गरेका हुन्छन् । 

    सर्भेक्षणले अर्को के रोचक कुरा समेत खुलासा गरेको छ भने किशोरहरु मध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा कम्तीमा पनि एक पटक सेक्स भन्ने शव्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तीमा पनि एक पटक इन्टरनेटमा सेक्स सम्बन्धि चिज हेर्ने किशोरी भने ४६ प्रतिशत हुन्छन् । ८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत किशोरीले च्याट गर्दा सेक्सका विषयमा सम्वाद गर्न मन पराउँछन् ।

    साथै ३५ प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छा प्रकट समेत गर्दछन् । इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरीले आफ्नो यौनेच्छा पूरा गर्न पोर्न फिल्म हेर्न मन पराउँछन् ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: किशोर किशोरीका यौन जिवन सम्बन्धि केही रोचक तथ्य Rating: 5 Reviewed By: Unknown
    Scroll to Top