728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    रिम्पोचेको पार्थिव शरीर नेपाल ल्याइयो, १५ गते अन्त्येष्टी (भिडियोसहित)

    १४औं श्यामर्पा रिम्पोचेको पार्थिव शरीर आज नेपाल ल्याइएको छ । रिम्पोचेको पार्थिव शरीर कालिम्पोङबाट भुटान लगी ड्रूक एअरको चार्टर फ्लाईटबाट नेपाल ल्याइएको हो ।

    नेपाल ल्याएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पार्थिव शरीर सीधै रानीवनस्थित गुम्बामा लगिएको छ । आगामी १५ गते सोही गुम्बामा रिम्पोचेको अन्त्येष्टी गरिने छ ।

    रिम्पोचेप्रति श्रद्धाञ्जली चढाउन गुम्बामा धर्मोदयसभा लगायतका दर्जनाँै बुद्धमार्गी संघ–संगठनका प्रतिनिधि तथा रिम्पोचेका हजारौं अनुयायीहरु उपस्थित भएका थिए । त्यस अवसरमा बौद्ध परम्पराअनुसार पाठ समेत गरिएको थियो ।

    एक महिनाअघि जर्मनीमा निधन भएका रिम्पोचेको चाहनाअनुसार अन्त्येष्टीका लागि पार्थिव शरीर नेपाल ल्याइएको हो । तिब्बती महायानी धर्मगुरु रिम्पोचेले लामो समय नेपाललाई कर्मथलो बताएका थिए । तर, पछिल्लो समय भुटानी नागरिकता लिएका थिए ।

    विदेशीमै निधन भएका विदेशी नागरिकको शव अन्त्येष्टीका लागि नेपाल ल्याउन नमिल्ने भन्दै नेपाल सरकारले अलमल गरेको थियो । तर, प्रधानमन्त्री सुशील कोइरालाले रिम्पोचेको अन्त्येष्टी नेपालमै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएपछि गृहमन्त्रालयले पार्थिव शरीर ल्याउन अनुमति दिएको हो ।
    - See more at:

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: रिम्पोचेको पार्थिव शरीर नेपाल ल्याइयो, १५ गते अन्त्येष्टी (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top