नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष सुन्दर आलेमगरले एक विज्ञप्ती जारी गर्दै गायक राजेश पायल राइका सम्बन्धमा प्रकाशित विभिन्न समाचारमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन्
‘फ्रेण्डसिप धमाका २’का लागि मलेसिया पुगेकी ‘डीआइडी लिटिल मास्र्टस ३’ कि विजेता तेरिया फौजा मगरको सम्मान गर्ने निर्णय नेपाल आदिवासी जनजाति महासंघ मलेसियाले आकस्मिक रुपमा गरेको थियो । यो कार्यक्रमका मुल आयोजक मध्येका एक कुष्ण पुलामी मगरसँग समय मागरे समय निर्धारण गरिएको विज्ञप्तीमा उल्लेख छ । २७ जुलाई आइतबार राती ८ बजेका लागि सम्मान कार्यक्रमको आयोजना राखितापनि कलाकारहरु सवै निर्धारित समयमा आइनपुग्दा ११ बजे सुरु भएको थियो ।
तेरियालाई विशेष सम्मान गरिताएपनि अन्य कलाकारहरुलाई पनि दोसल्ला ओडाएर सम्मान गरिएको थियो । तर सम्मान कार्यक्रम पश्चात खाना खाने क्रममा गायक राजेश पायल राई आयोजकसँग पनि विदा नभई खाना पनि नखाई बाहिर निस्केको विज्ञप्तीमा उल्लेख छ । राजेश बाहिर निस्केको केही समयमा नै मूल आयोजक मध्येका २ जना मलेसियन नागरिक कार्यक्रम स्थलमा प्रवेश गर्दै राजेश पायल को हो चिन्छस्, तेरिया को हो ? भन्दै अपशब्द र अभद्र व्यवहार गरेका थिए । यसपश्चात अन्य कलाकारहरु खाना विचमै छोडेर बाहिर निस्किएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ मलेसिया कलाकारहरुले पाएको दुखमा क्षमा याचना गर्दछ, विज्ञप्तीमा भनिएको छ । घटनाको दोषी कन्सर्टको मुल आयोजक रहेको अध्यक्ष सुन्दर आले मगर र महासचिव जीवन देवान गाउँलेले जारी गरेको विज्ञप्तीमा भनिएको छ । महासंघले राजेश पायल राइलाई टिमका अन्य कलाकारहरुसँग घटनाबारे स्पष्ट पारिदिन पनि आग्रह गरेको छ

0 comments:
Post a Comment