728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    इजरायल र हमास ३ दिनको युद्द विराम गर्न सहमत , शुक्रवार विहान ८ बजेदेखि लागु

    इजरायल र हमास पुन: ७२ घण्टे मानविय युद्दविराम गर्न सहमत भएका छन् । अमेरीकी विदेश विभाग र संयुक्त राष्ट्रसँघले शुक्रवार विहानै दुवै पक्ष युद्द विराम गर्न सहमति भएको घोषणा गरेका थिए । अमेरीकी विदेश विभाग र संयुक्त राष्ट्रसंघद्वारा जारी संयुक्त विज्ञप्तीमा  युद्दविराम शुक्रवार विहान ८ बजेदेखि लागु हुने बताइएको छ ।
    विज्ञप्तीमा भनिएको छ  "दुवै पक्ष विना शर्त युद्द विराम गर्न सहमत भएको आश्वासन दिएका  छन्, उक्त समयमा 'स्थायी विराम' को लागि वार्ता जारी रहनेछ"
    घोषणा लगत्तै हमासले युद्दविरामको पालना गर्ने बताएको छ ।

    त्यस्तै इजरायली प्रधानमन्त्री वेञ्जामिन नतान्याहुले विहिवार  इजरायलले गाजापट्टीबाट इजरायलमाथि आक्रमण गर्न वनाइएका सुरुङहरु जुनसुकै हालतमा पनि  ध्वस्त पार्ने काम जारी रहने बताएका छन् । "इजरायलको सुरक्षाको सुरक्षाको वावजुध गाजापट्टीमा इजरायली सैनिकहरुले गर्नुपर्ने महत्वपूर्ण कार्यलाई वाधा पुग्नेगरी  ल्याइने कुनै पनि प्रस्ताव स्वीकार गर्ने छैन" - नतान्याहुले भने ।

    विहिवार दक्षिणी क्षेत्रमा  गाजापट्टीबाट प्रहार गरिएको मोटार्स विस्फोटबाट ८ जना इजरायली घाइते भएका छन्  भने किरातगातमा भएको रकेट विस्फोटबाट २ इजरायली घाइते भएका छन् ।
    इजरायलले गाजापट्टीमा संचालन गरेको अप्रेसन प्रोटेक्टिभ एज शुरु भएको २५ औ दिन आअइपुग्दा १४४२ जना प्यालेस्टेनीको ज्यान गएको छ भने ८२९५ जना प्यालेस्टेनीहरु घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ । त्यसैगरी अहिलेसम्म ५६ जना इजरायली सैनिकहरु, ३ सर्वसाधारण र १ थाई कामदार सहित इजरायलको तर्फबाट ६० जनाको ज्यान गएको छ ।
    त्यस्तै हमास-इजरायलविचको युद्द अझै चर्किदो अवस्थामा पुगेको छ  । इजरायलले अप्रेसनकोलागि थप १६ हजार आरक्षित सैनिकहरुलाई बोलाएको इजरायली संचार माध्यमहरुले बताएका छन् ।
    त्यस्तै भुमध्य परिक्षेत्रका १.८ मिलियन प्यालेस्टेनीमा लगभग १ चौथाई भन्दा वढि २ लाख २० हजार प्यालेस्टेनीहरु आश्रय खोज्दै संयुक्त राष्ट्रसँगको शरणमा पुगेका छन् ।
    त्यस्तै द्वन्दमा ८ संयुक्त राष्ट्रसँगका कर्मचारीहरु मारिएको संयुक्त राष्ट्रसँघले जनाएको छ ।.
    एन आइ न्यूज इजरायल वाट भएको आश्वासन दिएका  छन्, उक्त समयमा 'स्थायी विराम' को लागि वार्ता जारी रहनेछ"

    एन आइ न्यूज इजरायल वाट
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इजरायल र हमास ३ दिनको युद्द विराम गर्न सहमत , शुक्रवार विहान ८ बजेदेखि लागु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top