728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    कोरिया रोजगारीमा नेपाली कामदार सबैभन्दा बढी जिम्मेवार : राजदूत चिन

    काठमाडौं, श्रावण १५ । नेपालका लागि दक्षिण कोरियाका राजदूत चो योङ चिनले नेपाल र दक्षिण कोरियाबीच आर्थिक तथा व्यापारिक सम्बन्ध अभिबृद्धिका लागि आर्थिक कुटनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले दुई मुलुकबीचको निजी क्षेत्रसँगको सम्बन्ध अभिबृद्धि गर्न व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदानमा पनि जोड दिएका छन् ।

    राजदूत चिन र नेपाल चेम्बर अफ कमर्सबीच बिहीबार भएको छलफलमा राजदूतले यस्तो बताएका हुन् । उनले दक्षिण कोरियामा उच्चस्तरीय शीपयुक्त मानव संसाधनको माग रहेको भन्दै यसबाट नेपालले फाइदा लिन सक्नुपर्ने पनि बताए ।

    कोरियामा रोजगारीका लागि जाने कामदार मध्ये नेपाली सबैभन्दा जिम्मेवार रहेको उनको भनाइ थियो ।

    कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा दिगो शान्ति र संविधान निर्माण कार्यले मूर्त रुप लिदैं गएको भन्दै जलविद्युत, कृषि, पूर्वाधार, पयर्टन, खनिज तथा सेवा उद्योग क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताए ।

    कोरियाका उद्यमी–व्यवसायीहरुसँग नेपाली उद्यमी–व्यवसायीहरुले संयुक्त रुपमा लगानी गर्न चाहेको उनको भनाइ थियो ।

    उनले नेपाल सरकारले स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्न आर्थिक विधेयकमार्फत् प्रदान गरिएका सुविधाबारे जानकारी गराउँदै नेपाललााई कोरियाले विकास गरेका ज्ञान, सीप र प्रविधिको आवश्यकता रहेको पनि बताए
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कोरिया रोजगारीमा नेपाली कामदार सबैभन्दा बढी जिम्मेवार : राजदूत चिन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top