728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Monday, July 28, 2014

    यी महिला हुन् की मेसिन ? २५ वर्षमा २१ सन्तानको जन्म

    २०७१ साउन ११ गते २५ वर्षमा २१ सन्तानको जन्म एक महिलाले कति जनासम्म बच्चा जन्माउलिन् ? त्यो दम्पतिको इच्छा, प्रजनन क्षमता, स्वास्थ्य लगायतमा फरक पर्छ । सबै चिज अनुकुल भयो भने एक महिलाले
    छोटो समयमै कतिसम्म बच्चा पाउन सक्दिरहेछिन् भन्ने कुरा भारतकी एक महिलाले उदाहरण पेश गरेकी छिन् । भारतको राजस्थानकी एक महिलाले २५ वर्षमा २१ वटा छोराछोरी जन्माएर सबैलाई चकित बनाएकी छिन् ।
    राजस्थानको सिकर जिल्लास्थित दान्तारामगढ उपखण्डमा पर्ने गौरिया गाउँमा बस्ने सामरी नामकी महिला र उनका श्रीमान मंगलराम बाबरियाले बिहे गरेको २५ वर्षमा २१ वटा सन्तान जन्माएका छन् । मंगलराम अहिले ४० वर्षका छन् भने उनकी श्रीमती सामरी ३८ वर्षकी । १३ वर्षको उमेरमा बिहे गरेकी सामरीले त्यसपछि आफ्नो बच्चा जन्माउने अभियानलाई तिब्रता दिइन् र रोक्दै रोकिनन् । जसका कारण २५ वर्षमा २१ वटा सन्तान जन्मिए ।
    आखिर त्यस्तो ठूलो संख्यामा सफलतापूर्वक लगातार बच्चा जन्माउन सक्नुको राज के होला ? मंगलरामका अनुसार उनले आफ्नी श्रीमतीलाई हरेकचोटि सुत्केरी हुँदा पाँच किलो घिउका साथै तित्राको मासु, खरायोको मासुका साथै कुखुरा खुवाउने गरेका छन् । यति धेरै बच्चा जन्माएको यो परिवारले स्थानीय साहु महाजनको खेतबारीमा चौकिदारी गरिदिने वा मागेरै भएपनि गुजारा चलाउने गरेको छ ।
    यो दम्पतिले जन्माएका सबै सन्तान बाँचेका छन् । यो परिवारको कुनै पक्की घर छैन । फाटेको पालले छाएको एक झुप्रो छ घरको नाउँमा ।
    खाने बस्ने कुराको ठेगान नभएपनि यिनीहरुको बच्चा जन्माउने सिलसिला भने अझै थामिएको छैन । पाँच वर्ष अघिसम्म वर्षेनी बच्चा जन्माउँथे । तर पछिल्ला पाँच वर्षमा दुइ सन्तान मात्र जन्मिएका छन् ।
    जन्मिएका २१ सन्तानमध्ये ११ छोरा र १० छोरी छन् । अझ रोचक त के भने, उनीहरुका २१ सन्तानमध्ये ६ छोरी र ३ छोराको बिहे भैसकेको छ । बिहे गरेका छोरीहरु घरबारे भएर कर्मघरमै छन् भने तिन भाई छोराहरु कमाउनका लागि मुगलान तिर ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: यी महिला हुन् की मेसिन ? २५ वर्षमा २१ सन्तानको जन्म Rating: 5 Reviewed By: Unknown
    Scroll to Top