728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    भारतसँग उर्जा व्यापार र उर्जा विकास सम्बन्धी छुट्टाछुट्टै सम्झौता गर्नुपर्ने ३ दलको निर्णय - See more

    प्रस्ताव तयार पार्न कार्यदल गठनः
    काठमाडौं, श्रावण १३ । प्रमुख तीन दलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका क्रममा दुई देशबीच उर्जा व्यापार र उर्जा उत्पादन सम्बन्धी छुट्टाछुट्टै सम्झौता गर्नुपर्ने निर्णय गरेका छन् । सत्ताधारी दलहरु कांग्रेस र एमाले तथा प्रमुख प्रतिपक्षी एकीकृत माओवादीका शीर्ष नेताहरुबीच आज साँझ प्रधानमन्त्री निवासमा भएको छलफलले सरोकारवाला मन्त्रालय र निकायहरुसँग छलफल गरी सम्झौताको प्रस्ताव तयार पार्न तीन सदस्यीय कार्यदल समेत बनाएको छ ।

    कांग्रेसबाट अर्थमन्त्री डा. रामशरण महत, एमालेबाट भीम रावल र एमाओवादीबाट नारायणकाजी श्रेष्ठ रहेको कार्यदलले उर्जा, परराष्ट्र मन्त्रालय तथा लगानी बोर्ड लगायतका सरोकारवाला निकायसँग छलफल गरी प्रस्ताव तयार पार्ने छ ।

    आजको बैठकले राष्ट्रिय हीत विपरित हुनेगरी भारतसँग कुनैपनि सम्झौता नगर्न पनि सबै पक्षलाई निर्देशन दिएको नेताहरुले जानकारी दिएका छन् ।
    प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकमा उर्जामन्त्री राधा ज्ञवाली, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, अर्थमन्त्री डा. रामशरण महत, लगानी बोर्डका पदाधिकारीहरु लगायतको पनि सहभागिता रहेको थियो ।

    बैठकमा भारतीय कम्पनीहरुको लगानीमा बन्ने भनिएका माथिल्लो कर्णाली, अरुण तेस्रो लगायतका आयोजनाहरुको विद्युत विकास सम्झौताबारे पनि मोदीको भ्रमणका बेला छलफल गर्ने निर्णय गरेको छ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: भारतसँग उर्जा व्यापार र उर्जा विकास सम्बन्धी छुट्टाछुट्टै सम्झौता गर्नुपर्ने ३ दलको निर्णय - See more Rating: 5 Reviewed By: Unknown
    Scroll to Top