728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    सलमान खान ४ दिनमा सय करोड कमाउन असफल .. आमिरलाई के जित्लान त अब ..?


    बलिउडमा बक्स अफिसका राजा मानिने नायक सलमान खानको सर्वाधिक चर्चित चलचित्र ‘किक’ले यो बर्षको आजसम्म प्रदर्शनमा आएका चलचित्र मध्ये सर्वाधिक कमाई हुने सिनेमाको रेकर्ड राख्ने पक्का छ । चलचित्रले आज परेको ईद पर्वको अवसरमा बक्स अफिसमा कस्तो कमाल मच्चाउँछ त्यो भने हेर्न बाँकी नै छ ।




    तर चलचित्रले विकेन्ड कलेक्शनमा ८३.८३ करोडको व्यापार गरेको छ ।
    यो कलेक्शन यो बर्षका लागि आजसम्मको सर्वाधिक भएतापनि नयाँ रेकर्ड भने होइन ।

     सलमानका दुश्मन मानिने साहरुख खानको गतबर्ष ईदमा प्रदर्शनमा आएको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले ३ दिनमा ३६ सय पर्दाबाट १ सय करोडको व्यापार गरेको थियो । तर सलमानको सिनेमाले उच्च टिकटदर र ४४ सय हल हुँदा पनि ३ दिनमा १ सय करोडको आँकडा छुन सकेन । सिनेमाले सोमबार १४.३० को व्यापार गरेको छ । ४ दिनमा पनि सिनेमाले १ सय करोडको आँकडा छुन सकेको छैन ।

    यसकारण पनि सिनेमालाई ‘चेन्नई एक्सप्रेस’को २२६ र ‘धुम ३’ को २६८ करोडको आँकडा छुन मुश्किल पर्ने देखिन्छ । चलचित्रले ४ दिनमा ९८ करोडको व्यापार गरेको छ । ओभरसिजमा पनि सिनेमाले राम्रो व्यापार गरेपनि रेकर्ड तोड्न भने सकेन । ४ दिनमा ४४ वटा देशबाट सिनेमाले २०.८० करोडको व्यापार गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सलमान खान ४ दिनमा सय करोड कमाउन असफल .. आमिरलाई के जित्लान त अब ..? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top