728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, July 31, 2014

    बुद्धको मूर्ति चोर्ने २ जना पक्राउ

    दोलखा, श्रावण १५ । दोलखामा बुद्धको मूर्ति चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले जिरी–८ बुलडाँडामा रहेको बुद्ध छोइलिङ गुम्बाबाट गत जेष्ठ ४ गते बुद्धको मूर्ति चोरी गरेको आरोपमा भेड्पु–४ का रविन्द्र थोकर र भेड्पुकै विज्ञान थोकरलाई पक्राउ गरेको हो ।

    उनीहरुलाई काठमाडौँको पशुपतिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको र अन्य तीनजना फरार रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका रविन्द्र्रले मूर्ति चोरी गरेको स्वीकार्दै मूर्ति राखेको स्थानबारे जानकारी दिएपछि प्रहरीले दोलखाकै काब्रे–५ फाप्लुस्थित लामोसाँगु सडकको कल्भर्टबाट मूर्ति बरामदसमेत गरेको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: बुद्धको मूर्ति चोर्ने २ जना पक्राउ Rating: 5 Reviewed By: Unknown
    Scroll to Top