728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, July 29, 2014

    पुरुष सेक्सका बारेमा दिनमा कति पटक सोच्दछन ?



      (एजेन्सी)न्यूयोर्क, पुरुष सेक्सका बारेमा दिनमा कति पटक सोच्दछन होला ? केही मानिसहर पुरुष प्रत्येक सात मिनटमा सेक्सका बारेमा सोच्दछन, जबकि अन्य मानिसहरू भन्दछन कि धेरै जसो समय सोचिरहन्छन । तर सच्चाइ भने यो भन्दा भिन्न रहेको पाइएको छ । हालै गरिएको एक ताजा अध्ययनबाट के कुरा पत्ता लागेको छ भने पुरुषहरू औसत प्रतिदिन १९ पटक सेक्सका बारेमा सोच्दछन ।

    ओहियो स्टेट युनिभर्सिटीका प्रमुख अनुसन्धानकर्ता टेरी फिशरका अनुसार यद्दपी यस कुरालाइ भने अहिले अध्ययन गर्न सकिएको छैन कि उनीहरू यस्तो बिचार कति समयको अबधि सम्म गर्ने गर्दछन अनुसन्धानकर्ताहरूले द एटलान्टिकमा प्रकाशित एक रिपोटमा भनेका छन कि कुनै व्यक्तिको विचारलाइ बुझ्नु कठिन काम हो, यसका लागी चाहे जुनसुकै प्राविधिक तरिकानै किन नअपनाइयोस । ओहियो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले एक जना मानिसलाइ एउटा क्लिकर दिए र त्यसमा आफ्नो अनुभवका आधारमा तीनवटा बटनहरू मध्ये कुनै एकलाइ क्लिक गर्न भने ।

    यी तीन वटा बटनहरू सेक्स, फूड, स्लीप का थिए । अनुसन्धानमा सहभागी मानिसहरल् यी तीन बिषयमध्ये जसका बारेमा पटक पटक विचार उत्पन्न हुन्छ, त्यससंग सम्बन्धित बटन दबाए । अध्ययनको परिणामबाट के पत्ता लागेको छ भने एक जना व्यक्ति औसतमा एक दिनमा १९ पटक सेक्सका बारेमा सोच्दछ ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: पुरुष सेक्सका बारेमा दिनमा कति पटक सोच्दछन ? Rating: 5 Reviewed By: Unknown
    Scroll to Top