728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Thursday, August 28, 2014

    साबधान:- कृपया मिसकल नगर्नुहोला ! सर्बश्व जाला नि ? (सबै पढ्न तलको लिंक मा जानु होला)

    गोरखा: फोन गरेपछि पैसा तिर्ने गरेकै हो । तर, अर्काले आफूलाई गरेको फोनको पनि पैसा तिनुपर्ने अनौठो
    नियम साम्दोमा छ । ‘कृपया मिसकल नगर्नुहोला’ टेलिफोन सेट नजिकै टाँसिएको सूचनामा भनिएको छ – ‘गर्नुभयो र उताबाट फोन आयो भने मिनेटअनुसार पैसा बुझाउनु पर्नेछ ।’


    मिसकल हानेर फोन सेट नै बिग्रन थालेपछि इनकमिङ कलको पनि पैसा लिन थालेको स्थानीय व्यापारी धावा लामाको भनाइ छ । साम्दोमा एनटी स्याट नामक टेलिफोनको पहुँच छ । प्रायःगरी होटलले पाहुनालाई लक्ष्यित गरी टेलिफोन राखेका छन् । “देशभित्रकै नम्बरमा फोन गर्ने हो भने मिनेटकै १० रुपैयाँ लाग्छ”–साम्दोका एक होटल सञ्चालक कासाङ ढिकीले भन्नुभयो – “विदेश नै बोल्ने हो भने एक मिनेटको ५० रुपैयाँ काट्छ ।”

    तिब्बतसँग सीमा जोडिएको साम्दोबाट गोरखा सदरमुकाम आउन करिब छ दिन पैदल हिँड्नुपर्छ । पदयात्रीले एक दिन साम्दोमा बिताउँछन् । “धेरैजसो विदेशी पर्यटक र पर्यटकको भारी बोक्ने भरियाले फोनको प्रयोग गर्छन्”– होटल सञ्चालक कासाङले भने । उनले आफूले रु ३० हजार खर्च गरेर फोन जोडेको जानकारी दिए । नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँबाट साम्दोका व्यापारीले फोन लगेका हुन् ।

    साम्दोभन्दामाथि टेलिफोन सुविधा छैन । पदयात्रीले लार्केपास गर्नुअघि यहीँबाट फोन गर्छन् । धर्मशाला, लार्केपास हुँदै मनाङको भीमथान पुगेपछि मात्रै फोन गर्न पाइन्छ । - रासस
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: साबधान:- कृपया मिसकल नगर्नुहोला ! सर्बश्व जाला नि ? (सबै पढ्न तलको लिंक मा जानु होला) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top