728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    शिक्षिकाले ६ सय चोटी उठबस गराउँदा विद्यार्थी थलिए

    सरोज बस्नेत, उर्लाबारी, १० भदौ, मोरङको राजघाट– ९ आम्बारीमा रहेको नेबुला अङ्ग्रेजी बोडिङ स्कुलकी शिक्षिकाले मासिक परीक्षामा फेल भएको भन्दै ६ सय चोटी उठबस गराउँदा एक बालक ओछ्यानमा थलिएका छन् । स्कुल शिक्षिका सुमित्रा धिमालले परीक्षामा फेल भएपछि सजाय स्वरुपमा उठबस गराएपछि राजघाट–१ का १० वर्षीय साहिल लिम्बू ओछ्यान परेका हुन् । साहिल उठबसको कारण अहिले राम्रोसँग हिड्डुल गर्ने अवस्थामा छैनन् । उनी ओछ्यानमा सुति राखेका छन् ।

     कक्षा ४ मा पढ्ने साहिललाई शनिबार शिक्षिकाले उठबस गराएको भएपनि घरमा जानकारी गराएका थिएनन् । आइतबार ओछ्यानबाट उठ्ने अवस्थामा नभएपछि घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि परिवारले स्थानीय गोदावरी हस्पिटलमा उपचार गराए पनि अझै हिड्ने अवस्थामा छैनन् । ‘मासिक परीक्षामा फेल भएको भन्दै मिसले ६ सय चोटी उठबस गराउनु भयो’ – विद्यार्थी साहिलले भने । साँढे तीन सय चोटी सकिनसकी उठबस गरेपनि त्यसपछि उनले सकेनन् । विद्यालय पढ्न पढाएको छोरालाई यातना दिएपछि अभिभाव आक्रोशित बनेका छन् । 

    अभिभावकहरुले याताना दिने शिक्षिकालाई पनि उठबस गराउनु पर्ने धारणा राखेका थिए । विद्यालयमा पढ्न पठाएको छोरालाई यातना दिएको कारण हिड्डुल गर्ने अवस्थामा नरहेको साहिलकी आमा लक्ष्मी लिम्बुले बताउनु भयो । उहाँले भन्नुभयो– ‘यो विद्यालय हो की यातना गृह’ । अहिलेपनि हिड्न खोज्यो भने खुट्टा फर्किने जस्ता समस्या उत्पन्न हुने गरेको उहाँले जानकारी दिनुभयो ।


    साहिलमात्र होइन अन्य धेरै विद्यार्थीहरुलाई विद्यालयका शिक्षक/शिक्षिकाले यातना दिने गरेको घटना समेत सार्वजनिक भएको छ । विद्यालयका कम्प्युटर शिक्षकले समेत विद्यालयमा विद्यार्थीहरुलाई कुट्ने गरेको अभिभावकहरुले बताएका छन् । सोही विद्यालयमा कक्षा ६ मा पढ्ने शिला लिम्बू, मनिता लिम्बू, साम्यहाङ लिम्बू लगायत विद्यार्थीहरुलाई समेत उठबस गराएर यातना दिएको अभिभावक कृष्ण लिम्बूले बताउनु भयो । विद्यालयले बालमैत्री शिक्षाभन्दा पनि यातना दिने काम गरेको भन्दै उहाँले रोश ब्यक्त गर्नुभयो ।

     मंगलबार भएको छलफलमा समेत सहभागि अधिकांश अभिभावकहरुले विद्यालयले विद्यार्थीलाई उठबस गराउने, कुटपिट गर्नेजस्ता गतिविधि भैरहेको भन्दै त्यस्ता कार्य रोक्न आग्रह गरेका थिए । सहभागिहरुले सामान्य कुटपिट गर्नु स्वभाविक भएको भन्दै यातना दिने कार्य गर्नु उचित नभएको बताएका छन् । सहभागि अधिकांश अभिभावकहरुले विद्यालयका शिक्षक/शिक्षकाले आफ्नो छोराछोरीलाई यातना दिएको बताएका छन् । छलफलमा विद्यालयकी सञ्चालक मिरा दासले गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रुपमा माफी माग्नु भयो । उहाँले भन्नुभयो– ‘यस्ता क्रियाकलाप आगामी दिनमा हुन नदिन विद्यालय सचेत रहेको छ ।’ विद्यालयका प्रिन्सीपल हिरालाल देवकोटाले विद्यार्थीलाई यातना दिने शिक्षिकालाई कारवाही स्वरुप निस्काशन गरेको जानकारी दिनुभयो ।

     विद्यालय ब्यवस्थापन समिति, स्थानीय अभिभावक तथा स्थानीयको सहभागितामा भएको छलफलमा विद्यार्थीलाई यातना दिने शिक्षिकालाई आवश्यक कारवार्ह तथा निष्कासन, बिरामी अवस्थामा रहेका साहिलको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने र अबका दिनमा विद्यार्थीलाई कुटपिट नगर्ने निर्णय गरिएको छ । विद्यालयमा बालमैत्रीको कुरा उठिरहेको अवस्थामा विद्यालयमा यस्ता घटना सार्वजनिक भएपछि सरोकारवाला निकायले यसप्रति ध्यान दिएको पाइदैन्
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: शिक्षिकाले ६ सय चोटी उठबस गराउँदा विद्यार्थी थलिए Rating: 5 Reviewed By: Unknown
    Scroll to Top