728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    इन्सेफ्लाइटिसबाट ६ को मृत्यु


    इन्सेफ्लाइटिसबाट ६ को मृत्यु

     मोरङ, भदौ १० – साउनको पहिलो सातादेखि मोरङका विभिन्न तीन गाविसमा फैलिएको जापानिज इन्सेफ्लाइटिस रोगबाट अहिलेसम्म छ 


    जनाको मृत्यु भएको छ । मोरङका उत्तरी गाविसहरू पथरी, भोगटेनी र लेटाङमा चारजना र पथरीका दुईजनाको ज्यान गएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर कन्ट्रोलर मोहमद वासिलले जानकारी दिए ।

     भेक्टर कन्ट्रोलर मोहमद वासिलका अनुसार मृत्यु हुनेमा पथरी–१ की फडफरा लिम्बू, पथरीकै २८ वर्षीय गणेश मगर, लेटाङ–२ की छ वर्षीया सीमा मगर, लेटाङ–११ की ११ वर्षीय बालब विक, लेटाङ–९ का ७ वर्षीय बुद्धराज लिम्बू, लेटाङ–३ की ७४ वर्षीया देवकुमारी घिमिरे छन् ।


     मोरङका गाउँहरूमा अव्यवस्थित रुपमा पालिएका सुँगुर र बुङ्गुरका कारण इन्सेफ्लाइटिस फैलिएको जनस्वास्थ्य कार्यालय मोरङका भेक्टर कन्ट्रोलर वासिलले जानकारी दिए । 
     यो रोग सुँगुर वा बङ्गुरलाई टोकेको सङ्क्रमित क्यूलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा लाग्ने गर्दछ । 

    जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण भएपछि मानिसको बाँच्ने सम्भावना कम हुने र बाँचिहाले पनि अपाङ्ग हुने भेक्टर कन्ट्रोलर वासिलले बताए ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: इन्सेफ्लाइटिसबाट ६ को मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top