728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    नेपालद्धारा बंगलादेश पराजित


    काठमाडौं, भाद्र १४ । एसियाडको तयारीमा रहेको नेपालको यु–२३ राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशको सोही उमेर समूहको राष्ट्रिय टोलीलाई हराएको छ ।

     बंगलादेशको सिलेटमा शुक्रबार भएको खेलमा नेपालले बंगलादेशी टोलीलाई १–० ले हराएको हो । खेलमा नेपाललाई विजयी गराउन सुशिल केसीले ७९औं मिनेटमा निर्णायक गोल गरे । यो जितसँगै नेपालले दुई खेलको मैत्रीपूर्ण श्रृंखलामा १–१ को बराबरी गरेको छ ।

     यसअघि बंगलादेशको सिलेट रंगशालामा साँझ पौने ५ बजे हुने भनिएको खेल समर्थकहरुको अवरोधका कारण झन्डै एक घन्टा ढिलो मात्रै सुरु भएको थियो ।

     रंगशालामा झन्डै ३० हजार दर्शक पुगेको तर सुरक्षा व्यवस्था अत्यन्तै फितलो भएकोले खेल सुरु गन कठिनाई भएको थियो । तर, पछि दुबै टोली खेल सुरु गर्न सहमत भएपछि तनावकैबीच खेल सुरु गरिएको थियो । दोस्रो मैत्रिपूर्ण खेल खेलेसँगै नेपाली टोली अब स्वदेश फर्कनेछ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपालद्धारा बंगलादेश पराजित Rating: 5 Reviewed By: Unknown
    Scroll to Top