728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    कस्तो साथी बन्न सक्छिन् ...राशीबाट पत्ता लगाउनुस्..

     जब कसैलाई साथी बनाउने सोच्दै हुनुहुन्छ भने पक्कै पनि एउटा कुरा मनमा आउने गर्दछ कि उक्त व्यक्ति कस्तो होला । विशेषगरि यदि कुरा महिलाको हो भने त पक्कै पनि ।


     थुप्रै पटक साथी बनिसकेपछि तपाईंलाई लाग्छ कि तपाईंको निर्णय गलत थियो जसका कारण तपाईंले उनीसँग दुरी बनाउन थाल्नुहुन्छ जसले गर्दा तपाईंलाई र तपाईंको साथीलाई समस्या पर्नसक्छ । तर यस्तो समस्या किन झेल्नु यदि तपाईंले साथी बन्नुभन्दा पहिले नै उनको बारेमा केहि अनुमान लगाउन सक्नुहुन्छ भने ।

    हो, हामी कुरा गरिरहेका छौँ महिलाको जसले साथीहरुसँग कस्ता व्यवहार गर्दछिन् र यो कुरा उनको राशीअनुसार हामी तपाईंलाई बताउँदै छौँ ।

     थाहा पाउनुहोस्ः

     मेष राशीः

    तुरुन्त साथी बनाउँछन् मेष राशी भएका महिलाहरु
    मेष राशी भएका महिलाहरुको मन बगेको पानीजस्तै हुने गर्दछ । जहाँ राम्रा मान्छे भेट्यो त्यतै आकर्षित हुने । एक मिनेटमा नै साथी बन्ने निर्णय लिने गर्दछन् र एक मिनेटमा नै तोड्ने । मेष राशी भएकी महिलाको साथीको समूह ठूलो हुने गर्दछ र उनले आफ्ना साथीहरु कहिले पनि बिर्सन सक्दिनन् । नयाँ मानिसहरुसँग साथी बन्न ढिला नगर्ने यस्ता महिलाहरुको बानीले उनका पुराना साथीहरुसँग उनको ठाकठुकसमेत पर्ने गर्दछ । साथीहरुसँग हाँसो–ठट्टा गर्न उनलाई निकै रमाइलो लाग्ने गर्दछ । उनको गहिरो सम्बन्ध निकै थोरै साथीहरुसँग मात्र हुने गर्दछ ।

    २. वृष राशीः ‘बेष्ट फ्रेन्ड फर एभर’

    वृष राशी भएका महिलाहरु जब कोही व्यक्तिसँग साथी बन्छन् उनीहरुको सम्बन्ध सधैँभरिको लागि हुन्छ । कोही महिलाहरु त निकै वर्षसम्म पनि समथी भइरहने गर्दछन् । यी महिलाहरुको धेरै साथीहरु हुँदैनन् । सिमित वयक्तिहरुलाई मात्र साथी बनाउने वृष राशीका महिलाहरु साथीसँगको सम्बन्धलाई निकै राम्रो तरिकाले निर्वाह गर्ने गर्दछिन् ।

    ३. मिथुन राशीः यी महिलाहरु राम्रो साथी

    मिथुन राशी भएका माहिलाहरुको वाककलाको क्षमता निकै राम्रो हुने भएका कारण उनीहरुलाई वुद्धिजीविहरुसँग सम्बन्ध बनाइराख्न निकै मनपर्छ । विशेष गरि साथीहरुबिच समन्वय बनाइराख्नमा उनीहरु निकै पोख्त हुनेगर्दछन् । साथीहरुबिच यी राशी हुने महिलाको मनमुटाव निकै कम हुने गर्दछ ।

    ४. कर्कट राशीः

    कर्कट राशीका महिलाहरु जोसँग साथी बन्दछन् उनीहरु साथीलाई आवश्यकभन्दा बढि नै ध्यानमा राख्ने गर्दछन् । यदि तपाईं समस्यामा हुनुहुन्छ भने यी महिलाहरुले तपाईंको साथ कहिले पनि छोड्ने छैनन् । यो राशीका महिलाहरु आफ्नो भावना व्यक्त गर्न कहिले पनि पछि पर्दैनन् । आफूलाई भने त्यति ध्यान नदिने यी महिलाहरु कहिलेकाँही निकै रुखो व्यवहार गर्ने गर्दछन् ।

    ५. सिंह राशीः

    सिंह राशी भएका महिलाहरु आफ्नो साथीको बारेमा आवश्यकभन्दा धेरै सोच्ने गर्दछन् । यदि सिंह राशी भएका महिलाहरुसँग तपाईंको झगडा भएमा केहि बेरपछि नै उनीहरु तपाईंकोमा आएर माफी माग्ने गर्दछन् । यी महिलाहरु आवश्यकभन्दा बढि नै सामाजिक हुने गर्दछन् । साथीहरुका लागि केहि गर्नका लागि यी महिलाहरु सदैव उत्साहित हुने गर्दछन् ।

    ६. कन्या राशीः

    कन्या राशीका महिलाहरु आफ्ना साथीको प्रत्येक कुराको हिसाब राख्ने गर्दछन् । आफूले चाहेको जस्तो नभएमा उनीहरुको व्यवहार कहिलेकाँही निकै कडा पनि हुने गर्दछ तर उनीहरु मनबाट नराम्रा भने हुँदैनन् । कन्या राशी भएकी महिलासँग साथी बन्दा तपाईंले कहिले पनि पछुताउनु पर्दैन । सल्लाह दिने कुरामा पनि यिनिहरु अग्रस्थानमा हुने गर्दछन् ।

    ७. तुला राशीः

    तुला राशीका महिलाहरु निकै शान्त किसिमका हुन्छन् । साथीहरुको गल्तीलाई सधैँ माफी दिने यस्ता महिलाहरु राम्रो साथी मात्र बनाउन रुचाउँछिन् । उनीसँग राम्रो व्यवहार गर्नुहुन्छ भने उनको व्यवहार पनि तपाईंप्रति सधैँ राम्रो नै हुने गर्दछ भने तपाईंको व्यवहारमा रुखोपन आउन थालेमा उनी पनि रुखो हुनुसट्टा तपाईंबाट टाढा जान रुचाउँछिन् । उनी आफ्नो साथीको मनपर्ने– मननपर्ने कुराको बारेमा पनि ध्यान राख्ने गर्दछिन् ।

    ८. वृश्चिक राशीः

    वृश्चिक राशीका महिलाहरु जति राम्रो साथी बन्न सक्छन् त्यति नै ठूलो दुश्मन पनि । आफूमाथि गरेको सहयोगलाई कहिले पनि नर्बिसने यी महिलाले कसैलाई सहयोग त्यतिबेला गर्दछिन् जतिबेला उनले पनि आफूलाई गर्ने पक्का हुन्छिन् । उनीहरु साथीको छनौट पनि निकै सोचेर गर्ने गर्दछन् ।

    ९. धनु राशीः

    धनु राशीका महिलाहरु आफ्नो सम्बन्धमा कहिले पनि चिसोपन आउन दिँदैनन् । साथीहरुसँग झगडा हुँदा उनको गल्ती नहुँदा पनि उनी आफैँ माफी माग्न पछि पर्दिनन् । अर्थात उनी साथीहरुलाई फकाउन ढिलो गर्दिनन् । साथीहरुबिच भेदभाव नगर्ने यस्ता माहिलाहरु तुला र कुम्भ राशीका व्यक्तिहरुसँग बढि मिल्ने गर्दछन् ।

    १०. मकर राशीः

    यी महिलाहरु साथी बनाउँदा जति मनले बनाउँछन् त्यति नै दुःखी साथीसँगको सम्बन्ध टुट्दा हुने गर्दछन् । साथीहरुलाई सल्लाह दिनमा निकै अग्रसर हुने यी महिलाहरु साथीहरुको राम्रोको लागि जे पनि गर्न तयार हुन्छन् । यी महिलाहरु निकै सामाजिक हुने गर्दछन् र उनीहरुको सम्बन्ध वृश्चिक र मीन राशीका व्यक्तिहरुसँग राम्रो हुने गर्दछ ।

    ११. कुम्भ राशीः

    कुम्भ राशीका महिलाहरु निकै सजिलै साथी बन्न सक्छन् । उनीहरु हरेक व्यक्तिका लागि राम्रा साथी हुनेछन् । उनीहरुको समूहमा उनलाई धेरैजसोले आफ्नो ‘बेष्ट फ्रेन्ड’ मान्ने गर्दछन् । आफूलाई निकै गाह्रो भएता पनि साथीहरुको भावनालाई कहिले पनि ठेस पुर्याउँदैनन् । यस्ता महिलाहरु आफ्ना प्रत्येक कुराहरु साथीलाई बताउने गर्दछन् । उनीहरुको सबैभन्दा राम्रो साथी तुला राशीका मानिसहरु हुने गर्दछन् ।

    १२. मीन राशीः

    यदि मीन राशी भएकी महिलासँग साथी बन्दै हुनुहुन्छ भने एउटा कुरा ध्यानमा राख्नुहोस्, ‘उनीहरुलाई आफ्नो निजी जिन्दगीमा कुनै पनि हस्तक्षेप मान्य छैन’ । तपाईं उनीहरुसँग जति नै मिल्नुहोस् उनीहरुले केहि न केहि कुरा त पक्कै पनि लुकाएर राखेका हुन्छन् । मीन राशीका महिलाहरुको मुड कहिले परिवर्तन हुन्छ त्यो पनि थाहा पाउन मुश्किल हुन्छ । (एजेन्सी)
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: कस्तो साथी बन्न सक्छिन् ...राशीबाट पत्ता लगाउनुस्.. Rating: 5 Reviewed By: Unknown
    Scroll to Top