728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    झलनाथ खनालको शब्द भएको गीति एल्बम राष्ट्रपतिद्धारा विमोचन

    काठमाडौं, भाद्र ११ । एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत आधादर्जन बढी गीतकारहरुद्धारा रचित गीतहरु समावेश गीति एल्बम आज सार्वजनिक भएको छ । गायक मोहन राईको स्वर रहेको ‘कस्तो सपना’ नामक गीति एल्मब आज राष्ट्रपति डा. रामवरण यादवले शीतल निवासमा गरिएको एक कार्यक्रममा विमोचन गरेका हुन् ।

     एल्मबमा एमाले वरिष्ठ नेता खनालका साथै राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला, गीतकार बुद्धवीर लामा लगायतका रचनाहरुले रचना गरेको गीत समावेश गरिएको छ । एल्बममा ७ ओटा गीतहरु समावेश गरिएको छ । 

     एल्बम विमोचन समारोहमा राष्ट्रपति डा. यादवले ‘संस्कृति नासिए हामी नासिने’ भन्दै भावी पुस्ताका लागि इतिहास, संस्कृतिलगायतका पूर्खाले छोडेर गएका अमूल्य चिजहरुको संरक्षणमा सबै जुट्नुपर्ने बताए । गीतको एल्बमम बिक्रीबाट उठेको रकम भने वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका मजदुरको छोराछोरीको पठनपाठनमा खर्च गरिने गायक राईले बताए ।

    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: झलनाथ खनालको शब्द भएको गीति एल्बम राष्ट्रपतिद्धारा विमोचन Rating: 5 Reviewed By: Unknown
    Scroll to Top