728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    गोरखामा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुग्यो, १७ को अवस्था गम्भीर


    आज भएको बस दूर्घटनामा चार जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । आरुघाटबाट गोरखा सदरमुकाम गइरहेको ना. ४ ख. १३९५ बस बगुवा गाउं विकास समिति वडा नम्बर ३ स्थित खानचोक भञ्चाङ नजिकै सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको हो । 

    दूर्घटनामा एक बालक सहित २ महिलाको घटनास्थलमै र एक महिलाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । 

    मुत्यु हुनेहरुमा गुम्दा गाबिस ९ की २७ वर्षीया सरिता गुरुङ, तान्द्रमङ गाबिस ३ की १७ बर्षीया सम्झना सुर्खेती, आरुचनौटे गाविस १ की ऐश्वर्या श्रेष्ठ र उनकी छोरी अन्दाजी ६ बर्षकी योजना श्रेष्ठ छन् । घाइतेमध्ये १७ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेहरुहरुको काठमाण्डौ र चितवनमा उपचार भइरहेको
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: गोरखामा भएको बस दुर्घटना मृत्यु हुनेको संख्या चार पुग्यो, १७ को अवस्था गम्भीर Rating: 5 Reviewed By: Unknown
    Scroll to Top