728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Tuesday, August 26, 2014

    ईबोलाको औषधि पत्ता लगाएको जापानको दाबी : उपचार गर्न दिन आग्रह

    जापानले पत्ता लगाएको इबोला बिरुद्दको औषधि

    जापान सरकारले बिश्वब्यापी रुपमा आतंक फैलाएको इबोला रोगको औषधि पत्ता लगाएको र तुरुन्त उपचार गर्न औषधि दिन सक्ने जानकारी दिएको छ ।

    मन्त्रीपरिषद्का प्रबक्ता ‘योसीहिदा’ अनुसार यदि ‘बिश्व स्वास्थ संगठनले’ सहयोग माग्यो भने सहयोग गर्न आफुहरु तयार रहेको जानकारी दिएका हुन ।

    उक्त औषधिको ब्राण्ड नेम ‘एभिगेन’ दिईएको छ । तर उसले दाबी गरेको छ “हामीले पत्ता लगाएको औषधिले सत-प्रतिशत काम गर्छ”. तर कुनै बिरामीमाथी परिक्षण भने गरिएको छैन, अर्थात प्रमाणित भएको छैन ।

    यधपि जापान स्वास्थ मन्त्रालयले भने उत्क औषधि लाई ,मान्यता प्रदान गरी सकेको जानकारी दिएका छन । उक्त औषधि ‘अमेरिकन फ़ूड एंड ड्रग एडमिनीस्ट्रेसनको ल्याब्मा परिक्षणमा रहेको तकाओ योकीले जापान टुडे लाई जानकारी दिएका छन ।


    उनले भने “इबोला र इन्फ्लुएंजा’ समान प्रकृतिका भाइरस द्वारा लाग्ने हुनाले यसको समस्याको समाधान पनी सामान औषधिले काम गर्ने उनिहरुको दाबी छ ।

    उक्त औषधि कम्पनिले आफु हरुसंग करीब २०००० भन्दा धेरै बिरामी लाई उपचार गर्न सक्ने औषधि स्टक रहेको जानकारी दिएको छ ।

    उता मन्त्रीमण्डलका प्रबक्ताले भने “यो रोगले महामारीको रूप लिने लक्षण देखिएकाले जापान आफैले बिश्व स्वास्थ संगठन संग सहयोग गर्ने आधिकार माग्ने जानकारी समेत दिएका छन ।

    केही दिन पाहिले दुई अमेरिकी कम्पनिले पनी इबोलाको औषधि पत्ता लगाएका थिए भने एक अमेरिकी डाक्टरलाई बचाउन सफल भएका थिए । हाल इबोलाका कारण पश्चिमी अफ्रिकामा करीब १४०० मानिसको ज्यान लिईसकेको छ भने यसको त्रास बिश्वभरी छरिएको छ ।

    हरेक देशमा अन्तराष्ट्रीय बिमानस्थलमा हेल्थ डेक्स स्थापना गरेर ईबोला बाट बच्न सतर्कता अपनाईएको खबर आइराहेका छन ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: ईबोलाको औषधि पत्ता लगाएको जापानको दाबी : उपचार गर्न दिन आग्रह Rating: 5 Reviewed By: Unknown
    Scroll to Top