728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Wednesday, August 27, 2014

    सुनकोशीमा सेनाले खोल्यो वैकल्पिक ट्रयाक (भिडियोसहित)

    काठमाडौं, भाद्र ११ । सिन्धुपाल्चोकको सुनकोशीमा पहिरोले अरनिको राजमार्ग अवरुद्ध पारेर यातायात सञ्चालन ठप्प हुँदै आएकोमा नेपाली सेनाले वैकल्पिक बाटोको ट्रयाक खोल्ने कार्य पूरा गरेको छ । गत श्रावण १७ गते गएको पहिरोले मांखा र राम्चे गाउँमा ठूलो जनधनको क्षति गर्नुका साथै चीनसँगको एक मात्र व्यापारिक मार्ग अवरुद्ध पार्दा देशले ठूलो नोक्सानी ब्यहोर्नु परेको छ ।

    यो बाटो खुलाउन नेपाली सेनाले २ हजार ८ सय मिटर नयाँ बाटोको ट्रयाक खोल्नुका साथै बाह्रबिसे पूर्वतर्फ ३ हजार ५ सय मिटर पुरानो बाटोको स्तरउन्नति गरिएको जनाएको छ । नेपाल र चीनबीचको एक मात्र ब्यापारिक मार्ग झन्डै एक महिनादेखि अवरुद्ध भएको छ । अब बाटो निर्माण पूरा भएकाले चाँडै नै यातायात सञ्चालन हुने जनाइएको छ ।

    पहिलेको बाटो पहिरोले पुर्नुका साथै तालले डुबाएकाले नयाँ बाटो खोली यातायात सञ्चालनको अन्तिम तयारी गरिएको हो । बाटो चालु हुनेक्रममा रहेकाले दसैंका लागि चीनबाट झिकाइएका सामानहरु चाँडै नै राजधानी आउनसक्ने सम्भावना बढेको छ । भारी सामान लादिएका कन्टेनर गाडी काठमाडौंतर्फ आउन सहज पार्न तौथली र दादी खोलमा २ ओटा कजवे निर्माणको काम जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    वैकल्पिक बाटो निर्माण र तालमा जम्मा भइरहेको पानी घटाउन भइरहेको कामको सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डे र उपरथी नरेश बस्न्यातले निरीक्षण गरेका छन् ।

    यसैबीच, देशका विभिन्न स्थानमा आएका बाढी–पहिरोमा परेकाहरुको उद्धार र राहतमा सैनिक जवानहरुलाई परिचालन गरी निरन्तर काम भइरहेको पनि निर्देशनालयले जनाएको छ ।
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: सुनकोशीमा सेनाले खोल्यो वैकल्पिक ट्रयाक (भिडियोसहित) Rating: 5 Reviewed By: Unknown
    Scroll to Top