728x90 AdSpace

  • Latest News

    Powered by Blogger.
    Saturday, August 30, 2014

    तीजमा नाच्दा नाच्दै २ महिलाको मृत्यु


    तीजमा नाच्दा नाच्दै २ महिलाको मृत्यु


    कैलाली, भदौ १४ - सुदूरपश्चिमको कैलाली र बैतडीमा दुई जना महिलाको तीज मनाउँदा मनाउँदै ज्यान गएको छ । दुवै जनाको शुक्रबार ज्यान गएको हो ।

    बैतडीको बाशुलिङ गाविस ९ डुङरीकी २० वर्षकी पुष्पा ऐरीको तिजको ब्रत सकेर शुक्रबार बेलुकी खाना खाने वित्तिकै ज्यान गएको स्थानीयबासिन्दा लालबहादुर पाण्डेयले जानकारी दिनुभयो ।

    बिहीबार दिनभर पानी समेत नपिएर ब्रत बसेकी पुष्पाले शुक्रबार पुजा सकेर खाना खाए लगत्तै ज्यान गएको हो । बैतडीमा श्रीमानले दिएको बाहेक, तीजको दिन पानी समेत नखाने चलन छ । पुष्पाका श्रीमानमा भारतमा रहेकाले उहाँले पानीसमेत नखाई निराहार ब्रत बस्नु भएको थियो ।

    यस्तै कैलालीको धनगढीमा पनि एक महिलाको ज्यान गएको छ । धनगढी नगरपालिका उत्तरबेहडीकी ४५ बर्षिया उमा स्वारको नाच्ने क्रममा ज्यान गएको हो ।

     मुटुको बिरामी समेत रहनु भएकी स्वार विशाल नगरमा आयोजना गरिएको तीजमा नाच्दा नाच्दै बिहीबार राती बेहोस हुनुभएको र अस्पतालमा उपचारका क्रममा उहाँको ज्यान गएको त्रिनगर प्रहरी चौकीले जनाएको छ । स्वार सिचाई कार्यालयकी कर्मचारी समेत हुनुहुन्छ । 
    • Blogger Comments
    • Facebook Comments

    0 comments:

    Post a Comment

    Item Reviewed: तीजमा नाच्दा नाच्दै २ महिलाको मृत्यु Rating: 5 Reviewed By: Unknown
    Scroll to Top